५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतसँग हारे पनि विराट कोहली र राहुल द्रविडबाट नेपाली खेलाडीले पाए मेडल

१९ भाद्र २०८०, मंगलवार ०७:३२

भदौ १९, काठमाडौँ |  एसिया कप क्रिकेटमा भारतसँग पराजित भए पनि नेपाली खेलाडीले मेडल पाएका छन् । गएराति वर्षाले प्रभावित हुँदा ओभर छोट्याइएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर, हारे पनि नेपाली खेलाडीले मेडल थापेका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले राखेको भिडियोमा भारतका प्रशिक्षक राहुल द्रविड, खेलाडी विराट कोहली र हार्दिक पाण्ड्याबाट तीन खेलाडीले मेडल थापेको देखिन्छ । 

सामान्यतया जितेपछि मात्रै मेडल थाप्ने र कप उचाल्ने हुन्छ । तर, पहिलोपटक बलियो भारतसँग खेल्ने क्रममा नेपाली खेलाडीले ब्याटिङमा उच्च प्रदर्शन गरेको भन्दै हौसला बढाउन मेडल लगाइएको हो ।

नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई भारतीय हुन् । यसैले ब्याटिङमा राम्रो प्रदर्शन गरेका आशिफ शेख, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीबाट मेडल लगाउने प्रबन्ध मिलाएका हुन् । 

भारतविरुद्ध ९७ बलमा ५८ रन बनाएका आशिफलाई कोहलीले, ५६ बलमा ४८ रन बनाएका कामीलाई पाण्ड्याले र २५ बलमा २९ रन बनाएका दीपेन्द्रसिंह ऐरीलाई प्रशिक्षक द्रविडले मेडल लगाइदिएका हुन् ।

भारतविरुद्ध २५ बलमा ३८ रन बनाए पनि ओपनर कुशल भुर्तेलले भने मेडल लगाएको देखिँदैन ।

नेपाली खेलाडीले मेडल थाप्दै गर्दा भारतीय खेलाडीले रमाइलो मान्दै हासिमजाक गरेको पनि देख्न सकिन्छ । जित्ने भारतीय खेलाडीले हार्ने नेपाली खेलाडीलाई मेडल लगाइदिएको अस्वाभाविक लाग्ने दृश्य देख्नुपरेपछि भारतीय खेलाडीले हासिमजाक गरेको देखिन्छ ।

यो जितहार भन्दा पनि मोन्टीले नेपाली खेलाडीको हौसला बढाउन, भारतीय खेलाडीसँगको घुममिलको वातावरण बनाउन यस्तो कार्यक्रम राखेको देखिन्छ । 

यसअघि पनि मोन्टीले राम्रो खेल्ने खेलाडीको हौसलाको लागि यस्तै कार्यक्रम राख्ने गरेको बताइन्छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४८.२ ओभरमा २३० रन जोडेको थियो । तर २५ ओभरमा छोट्याइएको खेलमा भारतले १४५ रनको लक्ष्य १७ बल बाँकी छँदै पूरा गरेको हो । 

एकदिवसीय विश्ववरीयताको भारतविरुद्ध नेपालले धैर्यतापूर्वक ब्याटिङमा हिम्मत देखाएपछि चौतर्फी प्रशंसा भइरहेको छ  । यही प्रसंशाको मोन्टीले आफ्ना खेलाडीलाई भारतीय खेलाडीबाट मेडल थमाएका हुन् । 

मोन्टीले सोमपाल स्टार अल्राउन्डर र दीपेन्द्र स्टार फिल्डर भन्दै भारतीय खेलाडीलाई चिनाएका थिए । मेडल लगाएपछि खेलका क्रममा विराटले शेखको क्याच छुटाएको विषयमा पनि रमाइलो भाव देखिएको थियो । 

यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । नेपाललाई हराएपछि पाकिस्तानी खेलाडीले मैदानमै नेपाली खेलाडीसँग अनुभव सेयर गरेका थिए । 

नेपाली टिम पाकिस्तान पुगेपछि मोहम्मद रिजवानले होटलमै पुगेर नेपाली खेलाडीको हौसला बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता