२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतसँग हारे पनि विराट कोहली र राहुल द्रविडबाट नेपाली खेलाडीले पाए मेडल

२०८०, १९ भाद्र मंगलवार ०७:३२

भदौ १९, काठमाडौँ |  एसिया कप क्रिकेटमा भारतसँग पराजित भए पनि नेपाली खेलाडीले मेडल पाएका छन् । गएराति वर्षाले प्रभावित हुँदा ओभर छोट्याइएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर, हारे पनि नेपाली खेलाडीले मेडल थापेका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले राखेको भिडियोमा भारतका प्रशिक्षक राहुल द्रविड, खेलाडी विराट कोहली र हार्दिक पाण्ड्याबाट तीन खेलाडीले मेडल थापेको देखिन्छ । 

सामान्यतया जितेपछि मात्रै मेडल थाप्ने र कप उचाल्ने हुन्छ । तर, पहिलोपटक बलियो भारतसँग खेल्ने क्रममा नेपाली खेलाडीले ब्याटिङमा उच्च प्रदर्शन गरेको भन्दै हौसला बढाउन मेडल लगाइएको हो ।

नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई भारतीय हुन् । यसैले ब्याटिङमा राम्रो प्रदर्शन गरेका आशिफ शेख, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीबाट मेडल लगाउने प्रबन्ध मिलाएका हुन् । 

भारतविरुद्ध ९७ बलमा ५८ रन बनाएका आशिफलाई कोहलीले, ५६ बलमा ४८ रन बनाएका कामीलाई पाण्ड्याले र २५ बलमा २९ रन बनाएका दीपेन्द्रसिंह ऐरीलाई प्रशिक्षक द्रविडले मेडल लगाइदिएका हुन् ।

भारतविरुद्ध २५ बलमा ३८ रन बनाए पनि ओपनर कुशल भुर्तेलले भने मेडल लगाएको देखिँदैन ।

नेपाली खेलाडीले मेडल थाप्दै गर्दा भारतीय खेलाडीले रमाइलो मान्दै हासिमजाक गरेको पनि देख्न सकिन्छ । जित्ने भारतीय खेलाडीले हार्ने नेपाली खेलाडीलाई मेडल लगाइदिएको अस्वाभाविक लाग्ने दृश्य देख्नुपरेपछि भारतीय खेलाडीले हासिमजाक गरेको देखिन्छ ।

यो जितहार भन्दा पनि मोन्टीले नेपाली खेलाडीको हौसला बढाउन, भारतीय खेलाडीसँगको घुममिलको वातावरण बनाउन यस्तो कार्यक्रम राखेको देखिन्छ । 

यसअघि पनि मोन्टीले राम्रो खेल्ने खेलाडीको हौसलाको लागि यस्तै कार्यक्रम राख्ने गरेको बताइन्छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४८.२ ओभरमा २३० रन जोडेको थियो । तर २५ ओभरमा छोट्याइएको खेलमा भारतले १४५ रनको लक्ष्य १७ बल बाँकी छँदै पूरा गरेको हो । 

एकदिवसीय विश्ववरीयताको भारतविरुद्ध नेपालले धैर्यतापूर्वक ब्याटिङमा हिम्मत देखाएपछि चौतर्फी प्रशंसा भइरहेको छ  । यही प्रसंशाको मोन्टीले आफ्ना खेलाडीलाई भारतीय खेलाडीबाट मेडल थमाएका हुन् । 

मोन्टीले सोमपाल स्टार अल्राउन्डर र दीपेन्द्र स्टार फिल्डर भन्दै भारतीय खेलाडीलाई चिनाएका थिए । मेडल लगाएपछि खेलका क्रममा विराटले शेखको क्याच छुटाएको विषयमा पनि रमाइलो भाव देखिएको थियो । 

यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । नेपाललाई हराएपछि पाकिस्तानी खेलाडीले मैदानमै नेपाली खेलाडीसँग अनुभव सेयर गरेका थिए । 

नेपाली टिम पाकिस्तान पुगेपछि मोहम्मद रिजवानले होटलमै पुगेर नेपाली खेलाडीको हौसला बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न