२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चर्को आलोचनापछि सुपर फोर चरणका सबै खेल हमबानटोटामा सार्ने एसीसीको तयारी

२०८०, १९ भाद्र मंगलवार ०९:२१

भदौ १९, काठमाडौँ | एसिया कप क्रिकेटका खेलहरु अहिले पाकिस्तान र श्रीलंकामा आयोजना भइरहेका छन् । मूल आयोजक पाकिस्तान भए पनि प्रतियोगिताका अधिकांश श्रीलंकामा खेलाइँदै छ । एसिया कपको फाइनल खेल पनि श्रीलंकामै हुनेछ । 

श्रीलंकाली क्रिकेट बोर्डले एसिया कपको प्रारम्भिक चरणको खेलका लागि केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान र फाइनल खेलका लागि राजधानी कोलम्बोस्थित आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई छुट्याएको छ । 


तर, पालेकेलमा खेलाइएका अधिकांश खेल वर्षाका कारण प्रभावित भएका छन् । दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । त्यसपछि सोमबार नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण प्रभावित भएको थियो ।

पटक—पटक रोकिएको नेपाल र भारतबीचको खेलको निणर्य अन्ततः ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा निकालिएको थियो । खेल वर्षाबाट प्रभावित हुन थालेपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) को पनि ब्यापक आलोचना हुन थालेको छ ।

त्यसैले एसिया कपका खेलहरु पालेकेलबाट हमबानटोटामा सारिने भएको छ । यस विषयमा एसीसी र श्रीलंकाली क्रिकेट बोर्डले सहभागी टोलीहरुसँग पनि छलफल गरिसकेका छन् । हमबानटोटा श्रीलंकाको दक्षिण सहर हो । 

सुपर फोर चरणका सबै खेल अब हमबानटोटामा खेलाइने समाचारमा जनाइएको छ । यसका अतिरिक्त कोलम्बोमा हुने भनिएको फाइनल खेल पनि हमबानटोटामै खेलाइने छ । खेल स्थल परिवर्तन गरिएको विषयमा सबै टोलीलाई जानकारी गराइसकिएको एसीसीले जनाएको छ । 

एसीसीले खेल स्थल परिवर्तन भएको कुरा छिट्टै औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ । एसीसीले श्रीलंकामा मौसमको अवस्थालाई हेरेर यस्तो निणर्य लिइएको हो । आगामी १० दिनसम्म कोलम्बोमा वर्षाको सम्भावना ५० प्रतिशत देखिन्छ भने हामबानटोटामा केवल २० प्रतिशतमात्र वर्षाको सम्भावना छ ।

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको वहुप्रतिक्षीत खेल वर्षाका कारण रद्द भएपछि दुबै टोलीका समर्थकले एसीसीको चर्को आलोचना गरेका थिए । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) का पूर्वअध्यक्ष नजाम सेठ्ठीले त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहका कारण यस्तो स्थिति सृजना भएको आरोपसमेत लगाएका थिए । जय शाह एसीसीका अध्यक्ष पनि हुन् । 

सेठ्ठीले वर्षाको समयमा एसीसीले संयुक्त अरब इमिरेट्स (यूएई) लाई नचुनेर ‘न्यूट्रल भेन्यू’ का रुपमा श्रीलंकालाई प्रयोग गरेको आरोप लगाएका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए, ‘ज्यादै निराशाजनक ! एउटा महत्त्वपूर्ण खेलमा वर्षा बाधक बन्यो । पीसीबीले यो विषय पहिले नै उठाएको थियो । श्रीलंकामा वर्षाका कारण खेल प्रभावित हुन सक्ने जानकारी हामीले गराएका थियौं । हामी यो खेल यूएईमा खेलाइयोस भन्ने चाहन्थ्यौं । तर, हाम्रो कुरामा कसैले ध्यान दिएन । खेलकुदमा राजनीति गर्न खोजियो । दूर्भाग्यपूणर् अवस्था !’

बीसीसीआईले नै श्रीलंकालाई ‘न्यूट्रल भेन्यू’ का रुपमा प्रयोग गर्नुपर्ने अडान लिएको थियो । बीसीसीआईले एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि भारतले श्रीलंका र पाकिस्तानले यूएईलाई ‘न्यूट्रल भेन्यू’ का रुपमा अगाडि सारेका थिए ।  

‘श्रीलंका क्रिकेट बार्ड आफैले पनि केन्डीमा यो सिजन प्रतियोगिता आयोजना गर्दैन । यो सबै कुरा थाहा पाएर पनि केन्डीलाई नै न्यूट्रल भेन्यूका रुपमा प्रयोग गरियो । यो भनेको खेलकुदमा राजनीति नै हो । यो कुनै पनि हालतमा माफी दिन नसकिने दूर्भाग्यपूणर् क्षण हो,’ सेठ्ठीले भनेका थिए । उनले बीसीसीआईका सचिव जय शाहकै कारण यो अप्रिय अवस्था सृजना भएको आरोप पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न