५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपका लागि रोहितको कप्तानीमा भारतको टिम घोषणा

१९ भाद्र २०८०, मंगलवार ०९:३८

भदौ १९, काठमाडौँ | आइसिसी एकदिवसीय विश्वकप २०२३ को आयोजक भारतले प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरेको छ।

टिममा केएल राहुल पुनरागमन गरेका छन्। राहुलले यस वर्ष मे महिनादेखि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। भारतका पहिलो रोजाइका विकेटकिपर राहुल सेप्टेम्बर ४ मा बेंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा फिटनेस परीक्षण पास गरेपछि एसिया कपको सुपर फोर चरणको लागि श्रीलंका जाने तयारीमा छन्।

इशान किशनले राहुलसँगै टिमका दोस्रो विकेटकिपर ब्याट्सम्यानको रूपमा आफ्नो स्थान कायम राखेका छन्। किशनले सेप्टेम्बर २ मा पल्लेकेलेमा पाकिस्तानविरुद्ध भारतको वर्षाले प्रभावित एसिया कपको उद्घाटन खेलमा ८२ रन बनाएर आफ्नो उपयोगितालाई सिद्ध गरेका थिए। 


अजित आगरकरको नेतृत्वमा रहेको छनोट समितिले सूर्यकुमार यादवलाई पनि  टिम छनोट गरेको छ।  

विश्वकपमा जसप्रित बुमराहले तीव्र गतिको बलिङ आक्रमणको नेतृत्व गर्दैछन् जसमा मोहम्मद सिराज, मोहम्मद शामी र शार्दुल ठाकुर छन्। अक्षर पटेल, रविन्द्र जडेजा र हार्दिक पाण्ड्या अलराउन्डरको रूपमा रहदा कुलदीप यादव स्पिनर रुपमा भारतीय टिममा छन्। भारतीय टिममा अफ स्पिनरको अभाव छ ।

भारतले अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग खेल्दै विश्वकपको आफ्नो अभियानको सुरुवात गर्नेछ। 

भारतको विश्वकप टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद सिराज, मोहम्मद शामी, शार्दुल ठाकुर, जसप्रित बुमराह।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता