५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

२० भाद्र २०८०, बुधबार ०६:१५

भदौ २०, काठमाडौँ | पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले वानडे क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले यसअघि घोषणा गरेको १८ सदस्यीय प्रारम्भिक टोलीबाट बुधबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।

क्रिकेट विश्वकप सुरु हुन अब एक महिना बाँकी छ । विश्वका उत्कृष्ट दश राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुनेछ । अष्ट्रेलियाको प्रारम्भिक टोलीमा रहेका अलराउण्डर आरोन हार्डी, फास्ट बलर नाथन इलिस र स्पीनर तनविर सांगा बाहिरिएका छन् । अष्ट्रेलियाले विश्वकपका लागि अनुभवी खेलाडीलाई जोड दिएको छ । टेष्ट स्टार ब्याटर मार्नुस लाबुसचेन भने यसअघि नै १८ जनाको सूचीमा अटाएनन् ।


फास्ट बलर प्याट कमिङ्सको कप्तानीमा रहेको अष्ट्रेलिया टिममा जोस हेजलउड मिचेल स्टार्क जस्ता पेस बलर छन् । यस्तै सिन एबोट चौथो फास्ट बलरको रुपमा रहँदा एस्टन एगर र एडम जाम्पा स्पीनर छन् । डेभिड वार्नर, स्टिभ स्मिथ र ट्रेभिड हेड ब्याटरको रुपमा छन् भने एलेक्स केरी र जोस इंग्लिस दुई विकेट किपर छन् । अष्ट्रेलियन टिममा स्टार अलारउण्डरहरु छन् । मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस र क्यामरुन ग्रीन जस्ता अलराउण्डर हुँदा अष्ट्रेलियाको टोलीका लागि धेरै विकल्प हुनेछ । साउथ अफ्रिकासँगको पाँच खेलको ओडिआई सिरिजका लागि अष्ट्रेलियाली टिम हाल साउथ अफ्रिकामा छ ।

य्स्तै यसै महिनाको अन्तिममा अष्ट्रेलियाले भारतसँग तीन खेलको ओडिआई सिरिज खेल्नेछ । विश्वकपअघि नेदरल्याण्ड्स र पाकिस्तान सँग वार्म अफ म्याच खेल्ने अष्ट्रेलियाले अक्टोबर ८ मा चेन्नाईमा आयोजक भारतसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

अष्ट्रेलियन टोली : प्याट कमिङ्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केसी, जोस इंग्लिस, सिन अबोट, एस्टन एगर, क्यामरुन ग्रीन, जोस हेजलउड, ट्रेभिस हेड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता