भदौ २१, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बिहीबार) लागि पेसी तोकिएको छ ।
बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ ।
यसअघि भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो ।
सन्दीप एसिया कप खेलेर हिजो मात्रै स्वदेश फर्किएका छन् ।