५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान

२१ भाद्र २०८०, बिहीबार ०५:२३

भदौ २१, काठमाडौं | पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमान आफ्नो नाममा पारेका छन् । एसिया कप क्रिकेटको बुधबार राति खेलिएको ‘सुपर फोर’ चरणको खेलमा बाबर आजमले उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् । 

‘सुपर फोर’ चरणको उक्त खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको थियो । त्यो खेलमा पाकिस्तानका लागि बाबर आजमले केवल १७ रन बनाएका थिए । तर, कोहलीको कीर्तिमान तोड्न बाबर आजमलाई केवल ६ रनमात्र चाहिएको थियो ।


बंगलादेशविरुद्घको खेलमा ६ रन बनाएपछि बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रुपमा सबैभन्दा कम खेल खेलेर दुई हजार रन पुरा गर्ने खेलाडी बनेका छन् । २८ वर्षीय पाकिस्तानी कप्तानले ३१ खेलमा यस्तो उपलब्धि हासिल गरेका हुन् । कोहलीले भने कप्तानका रुपमा ३६ खेल खेल्दै दुई हजार रन बनाएका थिए । 

बाबर आजम अहिले आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयतामा पहिलो स्थानमा रहेका खेलाडी हुन् । उनी टी—२० ब्याटिङ वरीयताको तेस्रो र टेस्ट वरीयताको चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता