५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी, नेपालको सम्भावना कति ?

२२ भाद्र २०८०, शुक्रबार ०६:२९

भदौ २२, काठमाडौँ | सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छन् । पहिलोपटक विश्वकपमा सर्वाधिक २० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । अहिलेसम्म विश्वकपका लागि १५ राष्ट्रले स्थान पक्का गरिसकेका छन् । आयोजकद्वय वेस्ट इन्डिज र अमेरिकाले पहिला नै स्थान पक्का बनाए । आइसिसीले पछिल्लो संस्करणका शीर्ष आठ टोलीलाई सीधै विश्वकपमा स्थान दिइएको थियो । 

अहिलेसम्म अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्यान्ड्स र पपुवा न्यूगिनीले विश्वकपमा स्थान बनाएका हुन् ।  

अब विश्वकपमा छनोट हुने ५ टोलीको टुंगो लाग्न बाँकी छ । पाँच टोलीको टुंगो क्षेत्रीय छनोटबाट लाग्नेछ । एसिया र  अफ्रिकी छनोटबाट २/२ र अमेरिका छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।  

एसिया छनोट ३० अक्टोबरदेखि ९ नोभेम्बरसम्म काठमाडौंमा आयोजना हुँदैछ । जसमा आयोजक नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन र क्वालिफायर ‘ए’ र ‘बी’ बाट आउने दुई टोली हुनेछन् । ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । 

एसिया छनोट ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया तथा छनोट ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट एक/एक टिमले विश्वकप छनोटमा स्थान बनाउनेछन् । 

यस्तै, एसिया छनोटको दुवै समूहको शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा स्थान बनाउने दुई टिमले अर्को वर्ष वेस्ट इण्डिज र अमेरिकामा आयोजना हुने विश्वकपमा भाग लिन पाउनेछन् । 

नेपालले सन् २०१४ यता विश्वकप खेल्न पाएको छैन । यसपटक भने नेपाल विश्वकप खेल्ने मौका गुमाउन चाहँदैन । घरेलु मैदानमा छनोट प्रतियोगिता हुन लागेकाले पनि नेपाललाई केही सहज देखिन्छ । विश्वकप छनोटको खेल कीर्तिपुरस्थित त्रिवि र मूलपानी मैदानमा हुनेछन् । 

नेपालले पहिलोपटक विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने मौका पाएको हो । 

यस्तै, अमेरिकी छनोट २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुँदैछ । अमेरिका छनोटमा आयोजक बर्मुडा, क्यानडा, पानमा र केम्यान आइसल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, अफ्रिका छनोट नामिबियामा हुँदैछ । २० नोभेम्बरदेखि १ डिसेम्बरसम्म हुने अफ्रिका छनोटमा नामिबिया, जिम्बाब्वे, युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा, तान्जेनिया रहेका छन् ।

युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड छनोट भएका छन् । इस्ट एसिया प्यासेफिकबाट पपुवा न्युगिनीले विश्वकप खेल्ने पक्का भएको छ । अब विभिन्न क्षेत्रीय छनोटबाट अन्य पाँच राष्ट्र मात्र विश्वकपमा छनोट हुन बाँकी छ । अर्को महिनादेखि एसिया क्षेत्रीय छनोट हुँदै छ । यसबाट दुई राष्ट्र छनोट हुनेछन् । यसैगरी, अफ्रिकाबाट दुई र अमेरिका क्षेत्रबाट एक राष्ट्रको छनोट बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता