५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्जनलाई गोलको कीर्तिमान बनाउने अवसर

२२ भाद्र २०८०, शुक्रबार ०८:५७

भदौ २२, काठमाडौँ | विश्वकप २०२६ छनोटमा प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा यांगुन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार साँझ म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलको लागि मैदानमा उत्रिँदा अन्जन विष्ट व्यक्तिगत रूपमा अर्को एक खुड्किलो पार गर्ने संघारमा हुने छन् । उनले नेपाली पुरुष टिमको लागि सबभन्दा बढी गोलको कीर्तिमान भेटाउने प्रयास गर्नेछन् ।


गत असारमा बेंग्लोरमा भएको साफ च्याम्पियनसिप २०२३ को अन्तिम खेल (पाकिस्तानविरुद्ध १–० ले जितेको) चोटको कारण गुमाएका अन्जनले पूर्णत: फिट हुँदै दुई मैत्रीपूर्ण खेलका लागि यांगुन पुगेका छन् । सिनियर टिमसाग नौ वर्षको यात्रामा उनले १२ गोल गरेका छन् । उनले अन्तिम गोल साफ २०२३ को पहिलो खेल (कुवेतविरुद्ध ३–१ को हार) मा गरेका थिए, जसले उनलाई हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमाननजिक पुर्‍याएको थियो । तर, उनले उक्त साफको दोस्रो खेलमा (भारतविरुद्ध २–० को हार) चोटको कारण ४४ औं मिनेटमै मैदान छाड्नुपरेको थियो । त्यसयता उनी पहिलोपल्ट मैदानमा फर्किंदैछन् ।

विंगर वा स्ट्रइकरको भूमिकामा राष्ट्रिय टिमका लागि प्रभावशाली प्रदर्शन गरिरहेका २५ वर्षीय अन्जन केही वर्षयता नेपाली टिमको अग्रपंक्तिका मुख्य हतियारका रूपमा स्थापित छन् । उनले यांगुन उड्नुअघि भनेका थिए, ‘व्यक्तिगत गोलभन्दाभन्दा टिमको सफलता महत्त्वपूर्ण हुन्छ । टिमको लागि उत्कृष्ट प्रदर्शन गर्ने कोसिस गर्नेछु । गोल गर्ने प्रयास गर्नेछु ।’

नेपालले फिफा वरीयतामा १५ स्थानमाथिको टिम म्यान्मारविरुद्ध सन् २०१९ यता पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । चार वर्षअघि मान्डलयमा भएको मैत्रीपूर्ण खेल घरेलु टिम म्यान्मारले ३–० ले जितेको थियो । उक्त खेल अन्जनले पूरा समय खेलेका थिए । त्यसबेला पहिलो रोजाइमा खेलेका ११ खेलाडीमध्ये अन्जन र सेन्टरब्याक अनन्त तामाङ मात्रै अहिलेको टिममा छन् । अर्थात्, इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको आगमन र खेलाडीहरूको अस्ट्रेलिया पलायनले नेपाली टिममा ठूलै परिवर्तन ल्याएको छ ।

सन् २००३ मार्चमा दशरथ रंगशालामा भएको एएफसी कप २००४ छनोटमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो, जहाँ हरि र नीराजनले दुई–दुई गोल गरेका थिए । हरिको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल नै त्यही हो । नीराजनले सन् २००८ मा भएको साफ च्याम्पियनसिपमा माले (माल्दिभ्स) मा पाकिस्तानविरुद्ध निकालेको ४–१ को जितमा आफ्नो करिअरको अन्तिम गोल गरेका थिए । त्यसैले १३ गोलको कीर्तिमानलाई १३ वर्षपछि बराबरी गर्ने वा उछिनेर अगाडि बढ्ने अवसर अन्जनले पाएका छन् । अहिलेको टिममा अन्जन नजिक रहेका छन्, नवयुग श्रेष्ठ । नवयुगले १० गोल गरेका छन् ।

गत वर्ष दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल नेपालले ३–१ ले जित्दा ह्याट्रिक गरेका अन्जनलाई कीर्तिमानका लागि जर्मन प्रशिक्षक माइकल फेइटेनबेनरले सम्हालेको म्यान्मारविरुद्ध गोल गर्न सजिलो भने हुने छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता