विश्वकप छनोटः नेयमारको दुई गोलमा ब्राजिलको सानदार जित

Posted on: 09 Sep, 2023

भदौ २३, काठमाडौँ | फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा  नेयमारको दुई गोलमा ब्राजिलले सानदार जित निकालेको छ।

आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो ।


ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २-२ गोल तथा राफिन्हाले एक गोल गरे । बोलिभियाका लागि भिक्टर अब्रेगोले एक गोल फर्काए ।

यो जितसँगै ब्राजिल ३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रले सहभागीता जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!