२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाँचथरको फाल्गुनन्दमा खुल्ला नकआउट भलिवल प्रतियोगिता हुने

२०८०, २४ भाद्र आईतवार ०५:१२

कमल घिमिरे । भदौ २४। पाँचथर,पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न.३ पौवासारताप स्थित सारताप मा.वि.मा खुल्ला नकआउट भलिवल प्रतियोगिता हुने भएको छ ।

फाल्गुनन्द ग्रिन पिस क्लवको आयोजनामा वडा दशैँको अवसर पारी आगामी कार्तिक २ गते देखि ५ गते सम्म भलिवल प्रतियोगिता हुन लागेको हो । शनिबार राँके स्थित होटल चामुमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता हुने जानकारी गराइएको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया,द्धितिय हुनेले नगद ७५ हजार रुपँैया ट्रफि,मेडल र प्रमाणपत्र पाउने क्लवका सचिव गोपाल  घिमिरेले जानकारी दिनुभयो । खेलाडीहरुलाई विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।

१२ टिम सहभागी हुने उक्त प्रतियोगिताको पहिलो पुरुस्कारको प्रायोजन साहारा एएसी ब्लक राकेँका आधिकारिक विक्रेता जेट्ली हार्डवेयरका प्रोपाईटर जेट्ली सिं ले गर्नुभएको छ । यस्तै प्रतियोगिताको दोस्रो पुरुस्कारको ब्यवस्था फाल्गुनन्द गाउँपालिका लगायत विभिन्न संघ संस्थाले गर्ने आयोजक क्लवका उपाध्यक्ष तथा फाल्गुनन्द गाउँ कार्यपालिका सदस्य टंक परियारले बताउनुभयो ।

खेलुकद प्रतियोगिता सञ्चालन गर्न अनुमानित झण्डै १० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै