५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पेलेलाई उछिन्दै नेमार बने ब्राजिलको सर्वाधिक गोलकर्ता

२४ भाद्र २०८०, आईतवार ०५:४०

भदौ २४, काठमाडौँ | सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान बोलिभियालाई ५–१ ले हराउँदा नेमारले दुई गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । यस खेलसँगै ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । 

बोलिभियासँगको खेलसँगै नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका हुन् । पेलेले सन् १९५७ देखि १९७१ सम्म ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । अब नेमारले पेलेलाई पछि पारेका छन् । सन् २०१० देखि टोलीमा रहेका नेमारले एक सय २५औँ खेल खेल्दै ७९ गोल पूरा गरेका हुन् ।

५६ असिस्ट नेमारको नाममा छ । पेलेको ८२ वर्षको उमेरमा गत डिसेम्बरमा देहवसान भएको थियो । नेमार र पेलेपछि ब्राजिलका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडीमा रोनाल्डो पर्छन् । रोनाल्डोले सन् १९९४ देखि २०११ सम्म खेल्दा ९८ खेलमा ६२ गोल गरेका छन् । 

रोनाल्डोपछि चौथो स्थानमा रोमारियो छन् । सन् १९८७ देखि सन् २००५ सम्म रोमारियोले ७० खेलमा ५५ गोल गरेका छन् । पाँचौँ नम्बरमा जिको छन् । सन् १९७६ देखि १९५७ सम्म जिकोले ७१ खेल खेल्दै ४८ गोल गरेका हुन् । 

ब्राजिलले बोलिभियालाई हरायो 

ब्राजिलले विश्वकप छनोटको पहिलो खेलमा बोलिभियालाई ५–१ ले हराउँदै विजयी सुरुवात गरेको छ । खेलमा नेमारले दुई गोल गरे । यसअघि नेमारले खेलको १७औँ मिनेटमा पेनाल्टी चुकाउँदा ह्याट्रिकबाट टाढा रहन पुगेका हुन् । नेमारको प्रहार गोलकिपर विली विस्काराले बचाएका थिए । यसै सिजन साउदी प्रो क्लब अल हिलाल पुगेका नेमारले ६१औँ र ९० मिनेटपछिको इन्जुरी समयमा गोल गरेका हुन् ।

यसअघि युवा खेलाडी रोड्रिगोले २४औँ र ५३औँ मिनेटमा गोल गरेका हुन् । एक गोल राफिन्हाको नाममा रह्यो । बोलिभियाका लागि एक मात्रै गोल भिक्टर अब्रोगोले ७८औँ मिनेटमा गरेका थिए । अघिल्लो दिन मात्रै अर्जेन्टिनाले इक्वेडरलाई हराउँदै तीन अंक जोडेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता