५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत र पाकिस्तानबीच १३३ एकदिवसीय खेल : ७३ खेलमा पाकिस्तान र ५५ खेलमा भारत विजयी

२४ भाद्र २०८०, आईतवार ०६:२३

एजेन्सी | एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर. प्रेमादासा रंगशालामा उक्त खेल खेलिने छ ।

खेल नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ । यद्यपि, उक्त खेल वर्षाका कारण प्रभावित हुनसक्ने प्रबल सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

भारत र पाकिस्तानबीचको खेलका क्रममा वर्षाको सम्भावना ९० प्रतिशतभन्दा बढी रहेको समाचारमा जनाइएको छ ।  त्यसैले पनि यी दुबै राष्ट्रका समर्थक निराश बनेका छन् ।


यसअघि समूहगत चरणमा पनि भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आइतबारको खेल वर्षाका कारण रद्द भए उक्त खेल सोमबार खेलाइने बताएको छ । 

खेल सुरु हुने समय नजिकिँदै गर्दा दुबै टोलीका समर्थकहरु आ—आफ्नो टोलीले खेल जित्ने दाबी गर्न ब्यस्त छन् । वास्तबमा यी दुई टोलीबीच यसअघिको खेलिएको खेलको अवस्था कस्तो छ त ? हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । 

एक सय ३३ एकदिवसीय खेलमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ । ५५ खेलमा भारत विजयी भएको छ ।

यी दुई राष्ट्रबीच खेलिएको पाँच खेल भने अनिर्णित रुपमा सकिएको छ । त्यसमध्ये घरेलु मैदानमा पाकिस्तानले १४ र भारतले ११ खेल जितेका छन् । 

यसैगरी भारतीय भूमिमा पाकिस्तानले १९ खेल जितेको छ भने पाकिस्तानी भूमिमा भारतले ११ खेल जितेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भूमिमा’ पाकिस्तानले ४० खेल जितेको छ भने भारतले ३३ खेलमा सफलता हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता