५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जापानसँग फराकिलो अन्तरको हार पछि जर्मनीका प्रशिक्षक फ्लिक दबाबमा

२४ भाद्र २०८०, आईतवार ०७:२२

एजेन्सी | चार पटक विश्वकप विजेता रहिसकेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग लज्जास्पद हार ब्यहोरेको छ । जापानले आइतबार सम्पन्न खेलमा जर्मनीलाई ४-१ गोलको फराकिलो अन्तरले हराएको हो । जापानसँग नमिठो हार भोगेपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक पनि दबाबमा परेका छन् ।

जापानले खेलको दुबै हाफमा दुई-दुई गोल गरेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै जुनया इतोले जापानका लागि पहिलो गोल गरेका थिए । १९औँ मिनेटमा जर्मनीका लेरोय सानेले जवाफी गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याएका थिए । खेलको प्रारम्भदेखि नै जापानले जर्मनीलाई दबाबमा राखेको थियो । २२औँ मिनेटमा जापानका लागि आयसे युएदाले दोस्रा गोल थपेका थिए । 


यसैगरी खेलको अन्तिम समयमा जापानले थप दुई गोल गरेको थियो । खेलको ९०औँ मिनेटमा ताकुमा एसानोले जापानका लागि तेस्रो गोल गरेका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा एओ तानाकाले जापानका लागि चौथो तथा अन्तिम गोल गरेका थिए । उक्त खेल जर्मनीको उल्फ्सवर्गमा खेलिएको थियो । 

पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीले निकै फितलो प्रदर्शन गर्दै आएको छ । जर्मनीले पछिल्ला पाँच खेलमा भोगेको यो चौथो हार हो । सन् २०२० पछि जर्मनीले भोगेको यो सबैभन्दा ठूलोअन्तरको हार पनि हो । सन् २०२० मा खेलिएको नेसन्स लिगमा स्पेनले जर्मनीलाई ६-० गोलले हराएको थियो । 

सन् २०२१ को अगस्तमा जर्मनीको प्रशिक्षक बनेयता फ्लिकले खासै गतिलो नतिजा दिन सकेका छैनन् । उनको प्रशिक्षकत्वमा खेलेका २५ मध्ये १२ खेलमा मात्र जर्मनी विजयी भएको छ । बार्यन म्युनिखका पूर्वप्रशिक्षक फ्लिक जोचिम लोयको स्थानमा जर्मनीको प्रशिक्षक बनेका थिए । 

सन् २०२२ को कतार विश्वकपमा पनि जर्मनीलाई जापानले हराएको थियो । त्यतिबेला जापानले जर्मनीलाई २-१ गोलले पराजित गरेको थियो । ‘वास्तबमै यो निराशाजनक नतिजा हो । विश्व फुटबलमा यस्तो हुन्छ । हेरौं अब के गर्ने सकिन्छ,’ खेलपछि प्रशिक्षक फ्लिकले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता