२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कपः पाकिस्तानविरुद्ध भारतको राम्रो सुरुवात, वर्षाले खेल रोकियो

२०८०, २४ भाद्र आईतवार ११:५५

भदौ २४, काठमाडौँ | एसिया कप–२०२३ को सुपर–४ अन्तर्गतको जारी भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ। कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा १ सय ४७ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको हो।


भारतले पाकिस्तानविरुद्ध राम्रो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि ओपनरहरु रोहित शर्मा र शुभमन गिलले १ सय २१ रनको साझेदारी गरे। कप्तान शर्मा १६.४ ओभरमा ५६ रनमा सादब खानको बलमा फहिम असर्फद्वारा क्याच आउट भए। लगत्तै अर्को ओभरमा अर्का ओपनर शुभमन गिल शहिन शाह अफ्रिदीको बलमा ५८ रनमा आउट भए।

कप्तान रोहितले भारतका लागि ५० औँ अर्धशतक पूरा गर्दा शुभमनले ८ औँ अर्धशतक प्रहार गरे। शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाएका थिए। त्यस्तै, गिलले ५२ बलमा १० चौका प्रहार गरे। अहिले क्रिजमा विराट कोहली १६ बलमा ८ रन बनाएर अविजित रहँदा उनलाई केएल राहुलले १७ रन बनाएर साथ दिइरहेका छन्।

यदि वर्षाले खेल पुनः आज सम्भव नभए सोमबार यही अवस्थाबाट खेल निरन्तरता पाउने छ। एसिसीले भारत र पाकिस्तानको खेलमा रिजर्भ डे राखेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै