५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कपः पाकिस्तानविरुद्ध भारतको राम्रो सुरुवात, वर्षाले खेल रोकियो

२४ भाद्र २०८०, आईतवार ११:५५

भदौ २४, काठमाडौँ | एसिया कप–२०२३ को सुपर–४ अन्तर्गतको जारी भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ। कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा १ सय ४७ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको हो।


भारतले पाकिस्तानविरुद्ध राम्रो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि ओपनरहरु रोहित शर्मा र शुभमन गिलले १ सय २१ रनको साझेदारी गरे। कप्तान शर्मा १६.४ ओभरमा ५६ रनमा सादब खानको बलमा फहिम असर्फद्वारा क्याच आउट भए। लगत्तै अर्को ओभरमा अर्का ओपनर शुभमन गिल शहिन शाह अफ्रिदीको बलमा ५८ रनमा आउट भए।

कप्तान रोहितले भारतका लागि ५० औँ अर्धशतक पूरा गर्दा शुभमनले ८ औँ अर्धशतक प्रहार गरे। शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाएका थिए। त्यस्तै, गिलले ५२ बलमा १० चौका प्रहार गरे। अहिले क्रिजमा विराट कोहली १६ बलमा ८ रन बनाएर अविजित रहँदा उनलाई केएल राहुलले १७ रन बनाएर साथ दिइरहेका छन्।

यदि वर्षाले खेल पुनः आज सम्भव नभए सोमबार यही अवस्थाबाट खेल निरन्तरता पाउने छ। एसिसीले भारत र पाकिस्तानको खेलमा रिजर्भ डे राखेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता