वर्षाका कारण हिजो रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ | वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो ।

आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो । त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ ।

आज स्थानीय समयअनुसार २:३० मा खेल सुरु हुनेछ । खेल सुरु हुँदा केएल राहुल १७ र विराट कोहली ८ रनबाट खेल थाल्नेछन् । आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक–एक अंक बाँड्ने छन् ।

भारतको यो पहिलो सुपर फोरको खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!