२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दै

२०८०, २५ भाद्र सोमबार ०६:३३

भदौ २५, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ। म्यानमारको राजधानी यानगोङ्गमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको थियो।  


राष्ट्रिय टिमका प्रभावशाली फरवार्ड अन्जन विष्टलाई नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर म्यानमारविरुद्ध रहेको छ। म्यानमारविरुद्ध कम्तिमा एक गोल गरेको खण्डमा अन्जनलाई नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमानी बराबरी गर्ने अवसर प्राप्त हुनेछ।  

नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो। फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ।  

प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश युवा खेलाडी र केही सिनियर खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिमलाई तयार गरेका छन्। पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टिमले म्यानमारविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न