५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वर्षाका कारण आज पनि समयमा सुरु हुन सकेन भारत–पाकिस्तानको खेल

२५ भाद्र २०८०, सोमबार ११:०३

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर–४ को खेल रिजर्भ डेमा पनि वर्षाले प्रभावित बनाउने खतरा बढेको छ। सुपर–४ अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण २४.१ ओभरमा भारतले १ सय ४७ रन बनाउँदा रोकिएको थियो। यदि वर्षाका कारण आज पनि खेल सम्भव नभए दुबै टिमले १–१ अङ्क बाँड्नु पर्नेछ।

सोमबार ३ः१५ बाट सुरु हुनु पर्ने खेल वर्षाका कारण सुरु हुन सकेको छैन। कोलम्बोमा सोमबार बिहानैबाट वर्षा रोकिँदै पर्दै गरेपछि मैदान गिलो भएको छ। अहिले वर्षा रोकिए पनि खेल सुरु भएको छैन।

यद्यपि, मौसम विज्ञान विभागले सोमबार पनि शतप्रतिशत वर्षाको सम्भावना रहेको जनाएको छ। योसँगै भारत पाकिस्तानबीचको खेलले पूर्णता नपाउने सम्भावना बढेको छ।

यदि खेल सुरु भएको खण्डमा आइतबार जुन अवस्थामा रोकिएको छ, त्यही अवस्थाबाट सुरु हुनेछ। भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।

भारतीय इनिङका दौरान आइतबार साँझ ५ः१० बजेदेखि वर्षा सुरु भएको थियो। करीब डेढ घन्टा भएको भीषण वर्षाका कारण मैदानको केही भाग हिलो भएको थियो। ग्राउन्ड स्टाफहरुले ४ घन्टा बढी मैदान सुकाउन प्रयास गरेका थिए। यो बीचमा अम्पायरहरुले पनि धेरै पटक मैदान निरीक्षण गरे पनि खेल्न योग्य नभएपछि खेल स्थगित गरिएको थियो।

वर्षाअघि भारतका ओपनर तथा कप्तान रोहित शर्माले ५६ रनको अर्धशतकीय इनिङ खेलेका थिए भने शुभमन गिलले ५८ रनको अर्धशतकीय इनिङ खेले। यी दुईबीच पहिलो विकेटका लागि १ सय २१ रनको सानदार साझेदारी भएको थियो। दुबै ओपनर आउट भएपछि क्रिजमा आएका विराट कोहली ८ र केएल राहुल १७ रनमा अविजित रहँदा वर्षाले खेल स्थगित भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता