२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वर्षाका कारण आज पनि समयमा सुरु हुन सकेन भारत–पाकिस्तानको खेल

२०८०, २५ भाद्र सोमबार ११:०३

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर–४ को खेल रिजर्भ डेमा पनि वर्षाले प्रभावित बनाउने खतरा बढेको छ। सुपर–४ अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण २४.१ ओभरमा भारतले १ सय ४७ रन बनाउँदा रोकिएको थियो। यदि वर्षाका कारण आज पनि खेल सम्भव नभए दुबै टिमले १–१ अङ्क बाँड्नु पर्नेछ।

सोमबार ३ः१५ बाट सुरु हुनु पर्ने खेल वर्षाका कारण सुरु हुन सकेको छैन। कोलम्बोमा सोमबार बिहानैबाट वर्षा रोकिँदै पर्दै गरेपछि मैदान गिलो भएको छ। अहिले वर्षा रोकिए पनि खेल सुरु भएको छैन।

यद्यपि, मौसम विज्ञान विभागले सोमबार पनि शतप्रतिशत वर्षाको सम्भावना रहेको जनाएको छ। योसँगै भारत पाकिस्तानबीचको खेलले पूर्णता नपाउने सम्भावना बढेको छ।

यदि खेल सुरु भएको खण्डमा आइतबार जुन अवस्थामा रोकिएको छ, त्यही अवस्थाबाट सुरु हुनेछ। भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।

भारतीय इनिङका दौरान आइतबार साँझ ५ः१० बजेदेखि वर्षा सुरु भएको थियो। करीब डेढ घन्टा भएको भीषण वर्षाका कारण मैदानको केही भाग हिलो भएको थियो। ग्राउन्ड स्टाफहरुले ४ घन्टा बढी मैदान सुकाउन प्रयास गरेका थिए। यो बीचमा अम्पायरहरुले पनि धेरै पटक मैदान निरीक्षण गरे पनि खेल्न योग्य नभएपछि खेल स्थगित गरिएको थियो।

वर्षाअघि भारतका ओपनर तथा कप्तान रोहित शर्माले ५६ रनको अर्धशतकीय इनिङ खेलेका थिए भने शुभमन गिलले ५८ रनको अर्धशतकीय इनिङ खेले। यी दुईबीच पहिलो विकेटका लागि १ सय २१ रनको सानदार साझेदारी भएको थियो। दुबै ओपनर आउट भएपछि क्रिजमा आएका विराट कोहली ८ र केएल राहुल १७ रनमा अविजित रहँदा वर्षाले खेल स्थगित भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै