भारतलाई पाकिस्तानबिरुद्ध हालसम्मकै ठूलो जित: पाकिस्तान एशिया कपमा २२८ रनले पराजित

Posted on: 11 Sep, 2023

भदौ २५, काठमाडौँ । एसिया कप अन्तर्गत खेलमा भारतले पाकिस्तानबिरुद्ध हालसम्मकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ । भारतीय टिमले एक दिवसीय एशिया कपको सुपर-४ प्रतिष्पर्धामा पाकिस्तानलाई २२८ रनले पराजित गरेको हो । 

यस अघि १४० रनको रेकर्ड रहेको थियो । जुन भारतले २००८ मा पाकिस्तानबिरुद्ध मीरपुर मैदानमा बनाएको थियो । कोलंबोको आर प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरको खेलमा दुई विकेट मात्रको क्षेतीमा २५६ रन जोडेको थियो । जवाफमा पाकिस्तानले ३२ ओभरमा १२८/८ रन मात्र बनाउन सक्यो । पाकिस्तानी टीमका दुई ब्याट्सम्यानघाइते भएका कारण खेलमा ब्याटिङ गर्न आएनन् ।

भारत बिरुद्ध फराकिलो हारसंगै पाकिस्तानको लागि आफ्नो एकदिवसिय इतिहासमा यो दोश्रो ठूलो हार हो । पाकिस्तानले यसअघि श्रीलंका बिरुद्धको खेलमा २००९ माकराचीको मैदानमा २३४ रनले पराजित हुनुपरेको थियो ।

भारतले दिएको ३५७ रनको ठूलो लक्ष्य पाकिस्तानको लागि सुरुवातदेखिनै कठीन बन्दै गयो । पाकिस्तानी टीमले ५ औं ओभरमै पहिलो विकेट गुमाउन पुग्यो । त्यस्तै अर्का भरपर्दा ब्याट्सम्यान बाबर आजम र फखर जमान पनि शुरुआती ओभरदेखिनै समस्यामा देखिए ।

पाकिस्तानका लागि बाबर आजम १०  रन मात्र बनाएर ११ औं ओभरको चौथो बलमा हार्दिक पाण्डे मार्फत बोल्ड आउट भए । त्यस्तै १२ औं ओभरको खेलमा मोहम्मद रिजवान २ रन मात्र बनाएर आउट भए । 

पाकिस्तानका फखर जमानले २७ रन जोडेर २० औं ओभरमा कुलदीप यादव मार्फत बोल्ड भए । पाकिस्तानको पाँचौं विकेट २४ औं ओभरमा गुम्यो । जुन विकेटमा आगा सलमान २३ रन मात्र बनाएर आउट भए । त्यस्तै ६ रन बनाएका शादाब खान २८ औं ओभरमा आउट भए । उनलाईपनि कुलदीपले सार्दुल ठाकुर मार्फत क्याच आउट गराएका थिए । 

त्यस्तै २३ रन बनाएका इफ्तिखार अहमद ३० औं ओभरमा आउट भए । उनलाई पनि कुलदिपले नै आउट गरे । त्यसपछि आएका खेलाडी बाँकी दुई ओभर मात्र टिक्दा भारतले कुलदिप मार्फतनै व्यक्तिगत ५ औं विकेट लिंदा पाकिस्तान अल आउट हुन पुग्यो । पाकिस्तानका दुई ब्याट्सम्यान घाइते भएका कारण ब्याटिङ गर्न आएनन् । 

यस अघि आइतबार सुरुभएको भारत र पाकिस्तानको खेल भारतले खेल्दै गर्दा पानि परेपछि रोकिएको थियो । सोहि खेल आज भएको हो । खेलमा भारतका कप्तान रोहित शर्माले ४९ बलमा ५६ रन, शुभमन गिलले ५२ बलमा ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै नट आउट रही केएल राहुलले १०६ बल खेलेर १११ रन बनाउँदा विराट कोहलीले ९४ बलमा १२२ रनको स्कोर खडा गरेका थिए । यसरी खेलमा भारतले पाकिस्तान बिरुद्ध ३५६ रन बनाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!