५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय उद्यमी तथा पिपुल्स ग्रुपका संस्थापक अनुपम मित्तल ललित राजवंशीलाई सहयोग गर्न तयार

२६ भाद्र २०८०, मंगलवार ०८:१०

भदौ २६, काठमाडौँ | भारतीय उद्यमी तथा भारतका चर्चित वेबसाइटहरु विवाहका लागि वर वधु खोज्ने प्लेटफर्म शादी डटकम, घर खरिदबिक्री गर्ने प्लेटफर्म मकान डटकम लगायत संचालन गर्ने कम्पनी पिपुल ग्रुपका संस्थापक तथा सीइओ अनुपम मित्तल नेपाली क्रिकेटर ललित राजवंशीलाई सहयोग गर्न तयार भएका छन् ।


केही दिनअघि नेपालले पाकिस्तान र भारतसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेलिसकेपछि नेपाली क्रिकेटर ललित राजवंशीले आफूसँग अन्तर्राष्ट्रिय म्याच खेल्नको लागि उपयुक्त ब्याट समेत नभएको गुनासो गरेका थिए ।

राजवंशीले भनेका थिए –‘मसँग म्याच खेल्नलाई ब्याट छैन । नेटमा अभ्यास गर्नलाई जसोतसो काम चल्छ तर म्याचको बेला टिममेटको ब्याटले खेल्नु पर्छ । धेरै जसो कुशल भुर्तेलको ब्याट प्रयोग गर्ने गरेको छु ।’

उनको यो समस्यालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एसिया क्षेत्रको ट्वीटर ह्याण्डलबाट एक पोस्ट गर्दै उनको लागि सहयोग अपिल गरिएको थियो ।

आइसीसीको अपिलको जवाफमा अनुपम मित्तलले आफू राजवंशीलाई सहयोग गर्न तयार रहेको र आफूलाई ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन् ।

यसको जवाफमा आइसीसीले पनि ललित राजवंशीलाई उनको सहयोग गर्ने चाहनाबारे जानकारी गराइएको र ललित आफैंले उनलाई सम्पर्क गर्ने भन्दै जवाफ दिएको छ ।

अब ललितले उनीसँग सम्पर्क गरेपछि उनले के कस्तो सहयोग गर्ने हुन् त्यो भने आउँदो दिनमा थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता