५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतसँगको खराब हारमा पाकिस्तानलाई चोटैचोट, तेज बलर रौफ र नसिमले बाँकी खेल गुमाउन सक्ने

२६ भाद्र २०८०, मंगलवार ०८:२९

भदौ २६, काठमाडौँ | एसिया कपको सुपर फोरमा सोमबार पाकिस्तानले भारतसँग खराब हार ब्यहोर्‍याे । भारतले पाकिस्तानविरुद्ध ३५७ रनको लक्ष्य दिएर २२८ रनको जित हात पारेको छ।

पाकिस्तानविरुद्ध भारतले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति धेरै रन बनाउन सकेको थिएन भने यति फराकिलो रन अन्तरले जित पनि हात पारेको थिएन। त्यसबाहेक पूर्व कप्तान विराट कोहली एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १३ हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन्।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनी १३ हजार रन पुरा गर्ने पाचौँ ब्याट्सम्यान हुन्। भारतले यो खेलमा पहिलो विकेटका लागि एक सय २१ र तेस्रो विकेटका लागि २ सय ३३ रनको साझेदारी गरेको थियो। केएल राहुल र कोहलीले सतक पुरा गरे। राहुल र कोहलीले गरेको साझेदारी भारतले पाकिस्तानविरुद्ध कुनैपनि विकेटका लागि गरेको अहिलेसम्मकै सबैभन्दा बढी हो।

विश्वकपको पूर्व सन्ध्यामा चिरत प्रतिद्धन्द्धीसँग व्यहोरेको यो हार पाकिस्तानका लागि यत्तिमै सिमित छैन। दुई प्रभावशाली तेज बलर ह्यारिस रौफ र नसिम शाहले चोट पनि बोकेका छन्। दुवैले प्रतियोगिताका बाँकी खेलहरु गुमाउन सक्ने अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।


पाकिस्तानी टोलीमा ब्याक अपका लागि साहनवाज दहानी र जमान खानलाई बोलाइएको छ। रौफले भारतविरुद्ध ५ ओभर मात्र बलिङ गरेका थिए। पाकिस्तानले सुपर फोरमा अब श्रीलंकासँग खेल्न बाँकी छ। यो खेल जितेको अवस्थामा मात्र उसको फाइनल पुग्ने सम्भावना कायम रहने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता