२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकालाई हराउदै एक खेल अगावै भारत पुग्यो एसिया कपको फाइनलमा

२७ भाद्र २०८०, बुधबार ०३:४६

भदौ २७, काठमाडौं | श्रीलंकालाई हराउदै भारत एक खेल अगावै एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने हो।

कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै सबै विकेट गुमाएर १७२ रनमा अलआउट भयो ।

श्रीलंकाका लागि दुनिथ वेलालेजले अलराउण्ड प्रदर्शन गरेका थिए | भारतलाई अलआउट गर्दा ५ विकेट लिएका उनले ब्याटिङमा अविजित ४२ रन बनाए । उनले ४६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै  धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।

भारतका लागि बलर कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले २-२ समान विकेट लिए ।

लगातार तेस्रो दिन खेलिरहेको भारतले त्यसअघि कप्तान रोहित शर्माको अर्धशतक मदतमा २१३  रन बनाएको थियो । उनले ४८ बल खेल्दै  ७ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । पहिलो विकेटका लागि रोहितले शुभमन गिलसँग ८० रनको साझेदारी गरेका थिए । त्यसपछि श्रीलंकन बलरले उत्कृष्ट प्रदर्शन गर्दा भारतले ब्याटिङमा संघर्ष गरेको थियो ।

केएल राहुलले ३९, इशन किसनले ३३ र अक्षर पटेलले २६ रन बनाए भने थिलले १९ रन जोडे ।

श्रीलंकाका लागि बलर दुनिथ वेलालेजले ५ विकेट तथा चरिथ असलंकाले ४ विकेट र महेश थिक्सनाले १ विकेट लिए ।

सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।

अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यी दुईको विजेताले फाइनलमा भारतसँग भेट पक्का गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु