२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकालाई हराउँदै भारत फाइनल पुग्दा यस्ता बने रेकर्ड

२०८०, २७ भाद्र बुधबार ११:४७

भदौ २७, काठमाडौँ | भारतले श्रीलंकालाई मंगलबार राति ४१ रनले हराउँदै एसियाकपको फाइनलमा स्थान बनायो। कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनिङ खेल्दै लो स्कोरिङ म्याचमा भारतलाई जित दिलाए।

उनले अर्धशतक पुरा गरेसँगै एकदिवसीय अन्तराष्ट्रियमा १० हजार रन समेत पुरा गरे। यो एसियाकपमा उनको १० औं ५० प्लसको स्कोर समेत हो।

भारतले श्रीलंकालाई हराएँदै फाइनल पुग्दा बिभिन्न कीर्तिमान बने।


यस्ता छन् भारतले श्रीलंका विरुद्ध बनाएका केही कीर्तिमान

एशियाकप मा जडेजा बने सर्वाधिक विकेट लिने भारतीय बलर

रविन्द्र जडेजाले श्रीलंका विरुद्ध २ विकेट लिएसँगै उनी एकदिवसीय एसियाकपमा सर्वाधिक विकेट लिने भारतीय खेलाडी बनेका छन्। उनले २४ विकेट हात पारे। उनी प्रतियोगिताको इतिहासमा भारतका लागि सर्वाधिक सफल बलर बन्न सफल भए। उनले इरफान पठानको २२ विकेटको कीर्तिमान तोड्न सफल भए।

कुलदिप यादव तेस्रो नम्बरमा रहेका छन्। यादवले श्रीलंका विरुद्ध ४ विकेट लिएसँगै एसियाकपमा १९ विकेट पुरा गरेका छन्। उनले सचिन तेन्दुलकरलाई पछि पारे। तेन्दुलकरको नाममा १७ विकेट रहेको छ।

श्रीलंकाले लगातार १४ खेलमा विपक्षीलाई बनायो अलआउट

श्रीलंकाले लगातार १४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा विपक्षी टोलीलाई अलआउट गर्न सफल भयो। श्रीलंका विपक्षी टिमलाई अलआउट गर्ने विश्व रेकर्डमा आफूलाई अघि बढाइरहेको छ। श्रीलंका भन्दा पछि अस्ट्रेलिया र दक्षिण अफ्रिका १०–१० पटक विपक्षी टिमलाई अलआउट गर्न सफल भएका छन्।


पहिलो पटक भारतका सबै १० विकेट स्पिनरले लिए


भारतले ४९।१ ओभरमा अलआउट हुँदा २ सय १३ रनको स्कोर बनाएको थियो। टीमले इतिहासमै पहिलो पटक आफ्नो सबै १० विकेट स्पिनरको हातबाट गुमायो। श्रीलंकाका लेफ्ट आर्म स्पिनर दुनित वेल्लालगेले ५ विकेट लिए। त्यस्तै अर्का अफ स्पिनर चरिथ असलन्काले ४ विकेट लिंदा मिस्ट्री स्पिनर महीश तीक्षणाले एक विकेट लिएका थिए।

यसअघि भारतले १९९७ मा श्रीलंका विरुद्धको एकदिवसीय खेलमा स्पिनर विरुद्ध ९ विकेट गुमाएको थियो। श्रीलंकन स्पिनरले कोलम्बोको मैदानमा आफ्नै रेकर्ड सुधार्दै १० विकेट लिन सफल भए।


सर्वाधिक चाँडो १ हजार रनको ओपनिङ साझेदारी

भारतका कप्तान रोहित शर्मा र शुभमन गिलको पार्टनर्सिफ खुब जमेको छ। उनीहरुले श्रीलंका विरुद्ध पनि ८० रनको साझेदारी गरे। यो सँगै यि दुई बिच १२ इनिङमानै १ हजार रनको साझेदारी भएको छ। यि दुई सर्वाधिक चाँडो हजार रनको साझेदारी गर्ने खेलाडी बनेका छन्। उनीहरुले पाकिस्तानका फखर जमान र इमाम(उल हकको रेकर्ड तोडे। यि दुईले १५ इनिङमा १ हजार रनको साझेदारी गरेका थिए।

सर्वाधिक चाँडो ५ हजार रनको साझेदारी

रोहित शर्मा र विराट कवहली बिच श्रीलंका विरुद्धको खेलमा १० रनको साझेदारी भयो, तर यि दुई खेलाडील् दोस्रो रन लिने बितिकै समग्रमा ५ हजार रनको कीर्तिमानी साझेदारी सम्भव बनाए। यि दुई सर्वाधिक चाँडो ५ हजार रनको साझेदारी गर्न सफल भए। यि दुईल् ८६ इनिङमा ५ हजार रनको साझेदारी सम्भव बनाए। रोहित र विराटले वेस्टन्डिजका गार्डन ग्रिनिज र डेसमन्ड हैन्सको रेकर्ड तोडै। उनीहरुले ९७ इनिङमा ५ हजार रनको साझेदारी गरेका थिए।

सचिनलाई पछि पार्दै रोहितको कीर्तिमान

रोहित शर्माले एकदिवसीय अन्तराष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरे। उनले ४८ बलमा ५३ रन बनाए। यसका साथमा उनी एसिया कपमा सर्वाधिक धेरै ५० प्लस रन बनाउने खेलाडी बने। उनले सचिन तेन्द्लकर को रेकर्ड तोडे। सचिनले एसियाकपमा नौ पटक ५० प्लसको स्कोर बनाएका छन्। रोहितले एसियाकपमा ९ अर्धशतक र १ शतक प्रहार गरेका छन्। सचिनले ७ अर्धशतक र दुई शतक बनाएका छन्।

रोहितले पुरा गरे १० हजार एकदिवसिय रन

रोहित शर्माले एकदिवसीय करिअरमा १० हजार रन पुरा गरेका छन्। उनले श्रीलंका विरुद्ध २२ रन बनाएसँगै १० हजार रन पुरा गरेका हुन्। उनी यो उपलब्धि हासिल गर्ने छैटौं भारतीय हुन। उनी अघि विराट कोहली, सचिन तेन्दुलकर, सौरव गांगुली, महेन्द्र सिंह धवनी र राहुल द्रविडले यो उपलब्धि हासिल गरेका छन्। रोहितले १० हजार रनका लागि २ सय ४१ इनिङ खेले। जुन विराट पछि सर्वाधिक चाँडो हो। विराटले २ सय ५ इनिङमा १० हजार रन पुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने