६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकालाई हराउँदै भारत फाइनल पुग्दा यस्ता बने रेकर्ड

२७ भाद्र २०८०, बुधबार ११:४७

भदौ २७, काठमाडौँ | भारतले श्रीलंकालाई मंगलबार राति ४१ रनले हराउँदै एसियाकपको फाइनलमा स्थान बनायो। कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनिङ खेल्दै लो स्कोरिङ म्याचमा भारतलाई जित दिलाए।

उनले अर्धशतक पुरा गरेसँगै एकदिवसीय अन्तराष्ट्रियमा १० हजार रन समेत पुरा गरे। यो एसियाकपमा उनको १० औं ५० प्लसको स्कोर समेत हो।

भारतले श्रीलंकालाई हराएँदै फाइनल पुग्दा बिभिन्न कीर्तिमान बने।


यस्ता छन् भारतले श्रीलंका विरुद्ध बनाएका केही कीर्तिमान

एशियाकप मा जडेजा बने सर्वाधिक विकेट लिने भारतीय बलर

रविन्द्र जडेजाले श्रीलंका विरुद्ध २ विकेट लिएसँगै उनी एकदिवसीय एसियाकपमा सर्वाधिक विकेट लिने भारतीय खेलाडी बनेका छन्। उनले २४ विकेट हात पारे। उनी प्रतियोगिताको इतिहासमा भारतका लागि सर्वाधिक सफल बलर बन्न सफल भए। उनले इरफान पठानको २२ विकेटको कीर्तिमान तोड्न सफल भए।

कुलदिप यादव तेस्रो नम्बरमा रहेका छन्। यादवले श्रीलंका विरुद्ध ४ विकेट लिएसँगै एसियाकपमा १९ विकेट पुरा गरेका छन्। उनले सचिन तेन्दुलकरलाई पछि पारे। तेन्दुलकरको नाममा १७ विकेट रहेको छ।

श्रीलंकाले लगातार १४ खेलमा विपक्षीलाई बनायो अलआउट

श्रीलंकाले लगातार १४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा विपक्षी टोलीलाई अलआउट गर्न सफल भयो। श्रीलंका विपक्षी टिमलाई अलआउट गर्ने विश्व रेकर्डमा आफूलाई अघि बढाइरहेको छ। श्रीलंका भन्दा पछि अस्ट्रेलिया र दक्षिण अफ्रिका १०–१० पटक विपक्षी टिमलाई अलआउट गर्न सफल भएका छन्।


पहिलो पटक भारतका सबै १० विकेट स्पिनरले लिए


भारतले ४९।१ ओभरमा अलआउट हुँदा २ सय १३ रनको स्कोर बनाएको थियो। टीमले इतिहासमै पहिलो पटक आफ्नो सबै १० विकेट स्पिनरको हातबाट गुमायो। श्रीलंकाका लेफ्ट आर्म स्पिनर दुनित वेल्लालगेले ५ विकेट लिए। त्यस्तै अर्का अफ स्पिनर चरिथ असलन्काले ४ विकेट लिंदा मिस्ट्री स्पिनर महीश तीक्षणाले एक विकेट लिएका थिए।

यसअघि भारतले १९९७ मा श्रीलंका विरुद्धको एकदिवसीय खेलमा स्पिनर विरुद्ध ९ विकेट गुमाएको थियो। श्रीलंकन स्पिनरले कोलम्बोको मैदानमा आफ्नै रेकर्ड सुधार्दै १० विकेट लिन सफल भए।


सर्वाधिक चाँडो १ हजार रनको ओपनिङ साझेदारी

भारतका कप्तान रोहित शर्मा र शुभमन गिलको पार्टनर्सिफ खुब जमेको छ। उनीहरुले श्रीलंका विरुद्ध पनि ८० रनको साझेदारी गरे। यो सँगै यि दुई बिच १२ इनिङमानै १ हजार रनको साझेदारी भएको छ। यि दुई सर्वाधिक चाँडो हजार रनको साझेदारी गर्ने खेलाडी बनेका छन्। उनीहरुले पाकिस्तानका फखर जमान र इमाम(उल हकको रेकर्ड तोडे। यि दुईले १५ इनिङमा १ हजार रनको साझेदारी गरेका थिए।

सर्वाधिक चाँडो ५ हजार रनको साझेदारी

रोहित शर्मा र विराट कवहली बिच श्रीलंका विरुद्धको खेलमा १० रनको साझेदारी भयो, तर यि दुई खेलाडील् दोस्रो रन लिने बितिकै समग्रमा ५ हजार रनको कीर्तिमानी साझेदारी सम्भव बनाए। यि दुई सर्वाधिक चाँडो ५ हजार रनको साझेदारी गर्न सफल भए। यि दुईल् ८६ इनिङमा ५ हजार रनको साझेदारी सम्भव बनाए। रोहित र विराटले वेस्टन्डिजका गार्डन ग्रिनिज र डेसमन्ड हैन्सको रेकर्ड तोडै। उनीहरुले ९७ इनिङमा ५ हजार रनको साझेदारी गरेका थिए।

सचिनलाई पछि पार्दै रोहितको कीर्तिमान

रोहित शर्माले एकदिवसीय अन्तराष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरे। उनले ४८ बलमा ५३ रन बनाए। यसका साथमा उनी एसिया कपमा सर्वाधिक धेरै ५० प्लस रन बनाउने खेलाडी बने। उनले सचिन तेन्द्लकर को रेकर्ड तोडे। सचिनले एसियाकपमा नौ पटक ५० प्लसको स्कोर बनाएका छन्। रोहितले एसियाकपमा ९ अर्धशतक र १ शतक प्रहार गरेका छन्। सचिनले ७ अर्धशतक र दुई शतक बनाएका छन्।

रोहितले पुरा गरे १० हजार एकदिवसिय रन

रोहित शर्माले एकदिवसीय करिअरमा १० हजार रन पुरा गरेका छन्। उनले श्रीलंका विरुद्ध २२ रन बनाएसँगै १० हजार रन पुरा गरेका हुन्। उनी यो उपलब्धि हासिल गर्ने छैटौं भारतीय हुन। उनी अघि विराट कोहली, सचिन तेन्दुलकर, सौरव गांगुली, महेन्द्र सिंह धवनी र राहुल द्रविडले यो उपलब्धि हासिल गरेका छन्। रोहितले १० हजार रनका लागि २ सय ४१ इनिङ खेले। जुन विराट पछि सर्वाधिक चाँडो हो। विराटले २ सय ५ इनिङमा १० हजार रन पुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति