५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप: पाकिस्तान र श्रीलंका भीड्दै, विजेताले भारतसँग खेल्ने

२८ भाद्र २०८०, बिहीबार ०५:५५

भदौ २८, काठमाडौँ | एसिया कप क्रिकेट प्रतियोगिताको बिहीबार श्रीलंका र पाकिस्तानबीच महत्वपूर्ण खेल हुँदै छ। कोलम्बोमा हुने खेल दुवै टोलीको नजरमा सेमिफाइनलसरह नै हो। यस खेलको विजेताले सीधै फाइनलमा भारतको सामना गर्ने छ। यसै कारण श्रीलंका र पाकिस्तान गर या मरको अवस्थामा प्रतिस्पर्धा गर्दै छन्। सुपर फोरमा दुवै टोलीले दुई खेलबाट समान दुई अंक जोडेका छन् । रनरेटमा श्रीलंका राम्रो छ । 


वर्षाका कारण खेल रोकिँदा श्रीलंका अन्तिम दुईमा पुग्नेछ । पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ । भारतसँग दुई सय २८ रनको फराकिलो अन्तरले पराजित भएपछि पाकिस्तानको रनरेट कमजोर बनेको हो । भारतले मंगलबार श्रीलंकालाई ४१ रनले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराउँदै दुई अंक बटुलेको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले निराश पारेको थियो । 

प्रतियोगितामा श्रीलंकाले सर्वाधिक ११ पटक फाइनल स्थान पक्का गरेको छ । भारत नौ र पाकिस्तान पाँचपटक फाइनलमा पुगेका छन् । भारतबाहेक अन्य खेलमा उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तान पछिल्ला आठ खेलमा श्रीलंकामाथि हावी छ । पाकिस्तान श्रीलंकामाथि मानसिक दबाब राख्ने प्रयासमा हुनेछ । पाकिस्तानले भारतसँगको खेलमा दुई महत्वपूर्ण खेलाडी चोटका कारण गुमाएको थियो । 

मोहमद ह्यारिसले सम्भवतः प्रतियोगिता गुमाएका छन् । बलर नसिम साह चोटकै कारण प्रतियोगिताबाट बाहिरिएका छन् । श्रीलंकाविरुद्धको खेलमा पाकिस्तानलाई यी दुवै खेलाडीको अभाव खड्किने पक्का छ । पाकिस्तानको स्ट्राइक बलर साहिन साह अफ्रिदी फर्ममा रहँदा श्रीलंकाली ओपनर सचेत भएर खेल्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता