२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कपबाट बाहिरिए पाकिस्तानी बलर नशीम शाह

२०८०, २८ भाद्र बिहीबार ०६:१२

भदौ २८, काठमाडौँ | पाकिस्तानका तीव्र गतिका बलर नशीम शाहले एसिया कप २०२३ अन्तर्गतका बाँकी खेल गुमाउने भएका छ्न्। 

सुपर फोरको खेलमा भारतविरुद्धको खेलको अन्त्यतिर बलिङ गर्दा चोट लागेका शाहलाई टोलीबाट फिर्ता गरिएको हो भने उनको स्थानमा जमान खानलाई समावेश गरिएको छ।

पाकिस्तान क्रिकेट बोर्डले ‍एक महिनाभन्दा कम समयमै सुरु हुने ओडीआई विश्वकपलाई ध्यानमा राख्दै नसीमलाई 'सबै आवश्यक सावधानी अपनाउँदै टोलीको मेडिकल प्यानलले निगरानी गरिरहेको' बताएको छ।

जमान पाकिस्तानी टोलीसँग जोडिइसकेका छन् र प्रशिक्षण सुरु गरिसकेका छन्। अहिलेको अवस्थामा पाकिस्तानले नशीमको चोटले विश्वकपका लागि उनको उपलब्धतालाई असर नगर्ने विश्वास गरेको छ।

यता भारतविरुद्धको खेलको रिजर्भ डेमा बलिङ नगरेका अर्का बलर हरिस रउफ फिट हुने चरणमा रहेको पाकिस्तान क्रिकेट बोर्ड जनाएको छ। ‍‍

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै