५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप क्रिकेट: भारतमाथि बंगलादेशको जित

३० भाद्र २०८०, शनिबार ०८:४९

भदौ ३०, काठमाडौँ | एसिया कप क्रिकेटमा भारतमाथि बंगलादेशले सानदार जित हात पारेको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको बंगलादेशले शुक्रबार कोलम्बोमा भारतलाई ६ रनले हरायो।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत अन्तिम बल खेल्न बाँकी छदा २५९ रनमा अलआउट भयो।

अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन चाहिएको थियो भने एक विकेट बाँकी थियो। जसमा बंगलादेशका तान्जिम हसन सकिबले भारतका मोहमद सामीलाई आउट गरेर जित हासिल गराएका हुन् | खेलमा भारतका लागि ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्काको सहयोगमा १ सय २१ रनको शतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।


कप्तान रोहित शर्मा शून्य तथा तिलक बर्मा र केएल राहुल ५-५ रनमा आउट भएपछि भारत सुरुमै दबाबमा परेको थियो। शार्दूल ठाकुर ११ रन र अक्षर पटेल ४२ रन आउट भएका थिए | 

बलिङमा बंगलादेशका मुस्ताफिजुरले ३ विकेट, तान्जिम र मेहदी हसनले २-२ विकेट लिए |


त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २६५ रन जोड्यो। बंगलादेशका लागि सकिब अल हसनले ८० रन जोडे भने मेहदी हसनले ५४ रन र नसुम अहमदले ४४ रनको योगदान दिए। 

बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिँदा सामीले २ विकेट हात पारे। 

भारतलाई पराजित गरेको बंगलादेशले एसिया कपको सुखद अन्त्य गरेको छ । हारका बाबजुत भारत विजेताको रुपमा फाइनल पुगेको छ ।

यससँगै एसिया कपको सुपर फोरका खेल सकिएका छन्। कपको फाइनलमा आइतबार आयोजक श्रीलंका र भारतबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता