एसिया कप क्रिकेट : आज उपाधिका लागि भारत र श्रीलंका फाइनल खेल खेल्ने

Posted on: 17 Sep, 2023

भदौ ३१, काठमाडौँ | एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका फाइनल खेल खेल्दैछन् ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने खेलमा भारत आठौँ पटक एसिया कपको च्याम्पियन बन्ने लक्ष्यमा छ भने श्रीलंका सातौँ पटक उपाधि जित्ने योजनामा छ । 

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् । 

उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। जसमा भारत ५ र श्रीलंकाले ३ पटक उपाधि जितेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!