रोनाल्डो र मानेको गोलमा अल–नासरको लगातार चौथो जीत

Posted on: 17 Sep, 2023

भदौ ३१, रियाद | क्रिस्टियानो रोनाल्डो र साडियो मानेले लगातार चौथो खेलमा गोल गर्दा अल–नासरले साउदी प्रो लिगमा लगातार चौथो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा अल नासरले एल–राइदलाई ३–१ गोलले हराएको हो । 

साडियो मानेले १० खेलाडीमा सीमित बनेको अल–राइदविरुद्ध पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै टालिस्काले टोलीको अग्रता दोब्बर बनाए । ७८ औँ मिनेटमा रोनाल्डो उत्कृष्ट सोलो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

मोहमद फोउजिरले खेलको अन्त्यतिर पेनाल्टीबाट सान्त्वना गोल गरे । अल–नासरले लिगको सुरुवाती दुई खेल गुमाएको थियो । तर, त्यस यता टोलीले सबै खेल जितेको छ । जीतपछि अल–नासले लिगको छैटौँ स्थानमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!