२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकाको त्रासदीपूर्ण सुरुवात, सिराजले लिए एकै ओभरमा चार विकेट

२०८०, ३१ भाद्र आईतवार १०:५१

भदौ ३१, काठमाडौँ | एसिया कपको फाइनलमा भारतविरुद्ध श्रीलंकाले निकै खराब सुरुवात गरेको छ । भारतीय फास्ट बलर मोहम्मद सिराजले एकै ओभरमा ४ विकेट लिएर श्रीलंकाको टप अर्डर धरासयी बनाइदिए ।

टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । जसप्रित बुमराहले तेस्रो बलमै कुशल परेरालाई आउट गरेर श्रीलंकालाई पहिलो झट्का दिए । उनको बललाई ड्राइभ गर्न खोज्दा आउट साइड एज लागेपछि विकेट किपर केएल राहुलले क्याच लिएका थिए ।


दोस्रो ओभरमा सिराज बलिङ गर्न आए । उनले ६ बलमा कुनै रन दिएनन् । उनको बलमा कुशल मेन्डिस लगातार बिट भएका थिए ।

तेस्रो ओभरमा बुमराहले एक रन दिए ।

त्यसपछि चौंथो ओभरमा सिराजले सनसनीपूर्ण बलिङ गरे पहिलो बलमा उनले पथुम निसान्कालाई रविन्द्र जडेजाको हातबाट क्याच गराए । दोस्रो बल सदीरा समराविक्रमाले खेलेनन् । तेस्रो बलमा उनी एलबिडब्लु आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि सिराजले पेभिलियन पठाइदिए ।

सिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डि सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए ।

सिराजको घातक बलिङमा श्रीलंका धराशयी बनेको छ । अहिले क्रिजमा कुशल मेन्डिस र दसुन सनाका खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै