५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप फाइनलमा मोहम्मद सिराजको सनसनी- तीन ओभरमै लिए पाँच विकेट

३१ भाद्र २०८०, आईतवार ११:००

भदौ ३१, काठमाडौँ | एसिया कपको फाइनलमा श्रीलंकाविरुद्ध भारतीय बलर मोहम्मद सिराजले सनसनी मच्चाएका छन् । उनले आफ्नो व्यक्तिगत तीन ओभरमा पाँच विकेट लिँदै श्रीलंकालाई धराशायी बनाए ।

टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । जसप्रित बुमराहले तेस्रो बलमै कुशल परेरालाई आउट गरेर श्रीलंकालाई पहिलो झट्का दिएका थिए । त्यसपछि सिराज शो सुरु भयो । उनले आफ्नो पहिलो ओभर मेडन राखे । चौंथो ओभरमा उनले चार विकेट लिए ।


चौंथो ओभरको पहिलो बलमा सिराजले पथुम निसान्कालाई रवीन्द्र जडेजाको हातबाट क्याच गराए । दोस्रो बल सदीरा समराविक्रमाले छोडिदिए । तेस्रो बलमा उनी एलबीडब्लु आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि सिराजले पेभिलियन पठाइदिए ।

सिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डी सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए ।

तेस्रो ओभरमा फेरि सिराजले एक विकेट थपे । उनले तेस्रो ओभरको चौंथो बलमा दसुन सनाकालाई बोल्ड गरे ।

सिराजको घातक बलिङमा श्रीलंका धराशायी बनेको छ । अहिले क्रिजमा कुशल मेन्डिस र दुनिथ वाल्लालागे खेलिरहेका छन् । श्रीलंका ६ विकेट गुमाएर १८ रनको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता