५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतले जित्यो ८औं पटक एसिया कप क्रिकेटको उपाधि

१ आश्विन २०८०, सोमबार ०३:४८

असोज १, काठमाडौँ | एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधि जितेको हो ।

श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।

यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतविरुद्धको फाइनलमा टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।

भारतका दायाँहाते तीव्र गतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलङ्काली ब्याट्सम्यानहरू निरीह साबित भए । 


पहिलो ओभरमै जसप्रित बुमराहले ओपनर कुसल परेरालाई आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि सिराजले खेलको चौथो ओभरमा शानदार बलिङ गर्दै चार विकेट लिए ।

अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रूपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रूपमा चरिथा असालंका पनि शून्य रनमै आउट भए । 

यसैगरी पाँचौँ विकेटका रूपमा धनन्जय डा शिल्भा चार रनमा आउट भएका थिए । छैटौँ विकेटका रूपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौँ विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । 

यसैगरी आठौँ विकेटका रूपमा दुनिथ वेल्लालागे आठ रनमा पेभेलियन फर्किएका थिए । श्रीलङ्काले नवौँ विकेटका रूपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए ।  श्रीलङ्काले अन्तिम विकेटका रूपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमायो ।

भारतका लागि बलर मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता