पुरुष भलिबलमा नेपालको चुनौती समाप्त

Posted on: 20 Sep, 2023

असोज ३, हाङचउ | नेपाली पुरुष भलिबल टिम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै बुधबार प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा हारेको हो । पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरान २५-९, २५-१५ र २५-१३ ले विजयी रह्यो ।


नेपाल यसअघि बहराइनसँग पनि हारेको थियो । यसपल्टको प्रतियोगिता वरीयता निर्धारण गर्नका लागि थप खेल नहुने भएको हुनाले नेपाल लगातार दुई खेल गुमाएर घर फर्कन लागेको हो । प्रतियोगितामा सहभागी कुल टिमलाई छ समूहमा विभाजन गरिएको छ । र, प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन् ।

चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्विता पेस गर्न सफल रह्यो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!