२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय क्रिकेटर किशोर महतो लिग खेल्न अष्ट्रेलिया लागे

२०८०, ३ आश्विन बुधबार ०८:४८

असोज ३, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका एक सदस्य किशोर महतो अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी दिएर हिजो अष्ट्रेलिया उडेका हुन् ।

महतोले हिजै क्यानलाई इमेल पठाएका थिए । क्यान प्रवक्ता दुर्गा पाठकका अनुसार उनले देशलाई आवश्यकता परेमा कुनै पनि बेला उपलब्ध हुने प्रतिबद्धता जनाएका छन् ।


‘उहाँ क्यानको अनुमति लिएर जानुभएको हो । लिग क्रिकेट खेल्नका लागि जान लागेको भनेर इमेलमा लेख्नुभएको छ,’ पाठकले भने ।

नेपाली खेलाडीले क्रिकेटमै थप ‘एक्सपोजर’का लागि विदेश जान खोज्दा क्यानले नरोक्ने उनी बताउँछन् ।

‘यसअघि अविनाश बोहरा पनि आफ्नै पहलमा बाहिर गएर फर्किनुभएको हो । उहाँ अहिले राष्ट्रिय टिममा पनि हुनुहुन्छ । किशोर पनि जुनसुकै बेला फर्किने प्रतिविद्धतासहित जानुभएको छ । हामी उहाँलाई शुभकामना दिन्छौँ,’ पाठकले भने ।

क्रिकेट खेल्न जान लागेको बताए पनि अविनाशले कुन टिमबाट कुन स्तरको क्रिकेट खेल्दैछन् भन्ने इमेलमा खुलाएका छैनन् । अपुष्ट खबर अनुसार उनी पर्थ ग्रेड क्रिक क्लबमा एक सिजनका लागि आबद्ध भएका छन् ।

उनले तीन महिनाको अवधिमा २४ वटा म्याच खेल्न सक्ने बताइएको छ । त्यसो त कतिले उनी अब अष्ट्रेलियामै बस्न सक्ने आशंका पनि गरेका छन् । राष्ट्रिय टिमका धेरै खेलाडीले उनलाई ‘अष्ट्रेलियामा भेटौँला’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

फास्ट बलर किशोर हालै एसिया कपका लागि नेपाली टिममा परेका थिए । तर, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले प्लेइङ ११ मा स्थान बनाउन सकेनन् ।

यसअघि पनि विभिन्न प्रतियोगितामा राष्ट्रिय टिममा परेका उनले मैदानमा उत्रिने अवसर भने धेरै पाएका छैनन् ।

नवलपुर कावासोतीका २३ वर्षीय किशोर सन् उमेर समूह हुँदै राष्ट्रिय टिममा आएका हुन् । तर, राष्ट्रिय टिममा उनी सिनियर बलरहरू सोमपाल कामी र करण केसीको ओझेलमा परिरहेका छन् । पाएका अवसरलाई पनि राम्ररी सदुपयोग गर्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै