असोज ४, काठमाडौँ | यू–१९ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशलाई ३–० ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।
खेलको पहिलो मिनेटमै नाओबा मियतीको हेडर पासमा पोष्ट अगाडिबाटै गोगोमसार ग्यारीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।
त्यसपछि पहिलो हाफको इन्जुरीसमयमा नाओबा मियतीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका हुन् ।
पहिलो हाफमा बंगलादेशले केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।
दोश्रो हाफमा बंगलादेशले केही सुधारिएको प्रदर्शन गर्दै भारतलाई गोल गर्न रोके पनि खेलको निर्धारित समय सकिनै लाग्दा भारत एक गोल थप्न सफल भयो ।
अर्जुन सिंहले गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।
दोस्रो खेलमा नेपालले अहिले साढे ५ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।