२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसिसी टी–२० विश्वकप क्रिकेट एसियन छनोट: नेपाल र युएई फरक समूहमा

२०८०, ५ आश्विन शुक्रबार ०५:५७

असोज ५, काठमाडौँ | आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटमा नेपाल र युएई फरक समूहमा परेका छन्। प्रतियोगिता कीर्तिपुरको टियू मैदानमा १३ देखि २० कात्तिकसम्म हुनेछ। आयोजक नेपालले टियू र मूलपानी मैदानमा खेल खेलाउनेछ।

नेपाल समूह ‘ए’ र युएई समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो समूहमा सिंगापुर, ओमान र मलेसियाको सामना गर्नेछ। युएईले बहराइन, हङकङ र एसिया क्वालिफायर एबाट आउने राष्ट्रविरुद्ध खेल्नेछ। एसिया क्वालिफायर ‘ए’ छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन्। यो छनोट खेल २८ सेप्टेम्बरदेखि ५ अक्टोबरसम्म कतारमा हुँदै छ। यस छनोटको विजेताले नेपालमा प्रतिस्पर्धा गर्नेछ। यसैबीच, नेपालले खेल्ने समूह चरणका सबै खेल टियू मैदानमा हुनेछ।

एसियन छनोटको फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछन्। नेपालले पहिलो खेल १३ कात्तिकमा सिंगापुरविरुद्ध खेल्नेछ। १४ कात्तिकमा नेपालले मलेसियासँग सामना गर्नेछ। नेपालको तेस्रो खेल १६ कात्तिकमा ओमानसँग छ। दुई समूहका शीर्ष दुईमा रहने टोलीले १७ कात्तिकमा सेमिफाइनल खेल्नेछन्। फाइनल १९ कात्तिकमा हुनेछ। एसियन छनोटमा आठ टोली छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न