५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

५ आश्विन २०८०, शुक्रबार ०९:४९

असोज ५, काठमाडौँ | श्रीलंकामा आगामी जनवरी १३ देखि हुने १५ औं आइसिसी यू-१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार  नेपाल  पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसहित समूह डीमा परेको छ।

नेपालले पहिलो खेल जनवरी १३ मा न्युजिल्यान्डविरूद्ध खेल्नेछ। समूह चरणको अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग भिड्ने छ भने अन्तिम खेल जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ।

आइसिसीले यो संस्करणमा प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरेको छ।


१६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका टप थ्री टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

दुई समूहको शीर्ष तीन टोली रहेको सुपर सिक्स चरणमा हरेक टोलीले दुई खेल खेल्ने छन्। अर्को समूहबाट आफ्नोभन्दा फरक स्थानमा छनौट भएका टोलीसँग यी दुई खेल हुने छन्।

नेपाल रहेको समूह डीका टप थ्री टोली भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेको समूह एका टप थ्री टोलीसँग सुपर सिक्स चरण खेल्ने छन्।

समूह बीमा रहेका इंग्ल्यान्ड, साउथ अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्डमध्ये शीर्ष तीन टोलीले समूह सीमा रहेका  अष्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबियाबाट छानिएका शीर्ष तीन टोलीसँग सुपर सिक्स चरण खेल्ने छन्।  

समूह एको चौथो टोलीले समूह डीको चौथोसँग र समूह बीको चौथो टोलीले समूह सीको चौथोसँग खेलेर प्रतियोगिता टुंग्याउने छन्।

सुपर सिक्स चरणमा हरेक समूहबाट शीर्ष दुई गरी चार टोली सेमिफाइनलमा छनौट हुने छन्।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता