५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अल–नासरको जीतमा रोनाल्डोको दुई गोल

६ आश्विन २०८०, शनिबार ०३:३८

असोज ६, काठमाडौँ | स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा अल–नासरले अल–अहली साउदीलाई साउदी प्रो लिग अन्तरगतको खेलमा ४–३ गोलको अन्तरले पराजित गरेको छ । अल–नासरको जीतमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले दुई–दुई गोल गरेका हुन् ।


खेलको ४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा टालिस्काले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ३० औँ मिनेटमा फ्रांक केइसीले गोल गर्दै अल–अहलीलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफको इन्जुरी समयमा टालिस्काले व्यक्तिगत दोस्रो गोल गरेपछि अल–नासरले पुनः दुई गोलको अग्रता बनायो । 

दोस्रो हाफको सुरुवातमा नै अल–अहलीले पेनाल्टी पायो । रियाद महारेजले गोल गर्दै टोलीको आशा कायम राखे । त्यसको लगतै दुई मिनेट पछि नै रोनाल्डोले अर्को गोल थप्दै अल–नासरको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर फेरास अलब्रिकानले गोल गरेपछि अल–अहलीका लागि केही आशा देखाएको थियो । तर त्यसपछि कुनै गोल हुन सकेन ।


अल–नासरको यो लगातार सातौँ जीत हो । लिगको अङ्क तालिकामा ७ खेलपछि टोलीको १५ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा टोली मात्र ३ अङ्कले पछि छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता