असोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ ।
एक सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो । सचिवको मतगणनामा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ ।
२५ मत गनिसक्दा पारसले झिनो अग्रता लिएका छन् । उनले १३ मत ल्याउँदा प्रशान्तले १२ मत ल्याएर पछ्याइरहेका छन् ।
पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वारोध भएका छन् ।