२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतले खेलाडीलाई भिसामा दिन ढिलो गरेपछि पाकिस्तानले गुहार्‍यो आईसीसी

२०८०, ७ आश्विन आईतवार ०६:४५

एजेन्सी | आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण भारतमा आयोजना हुँदैछ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मिति नजिकिँदै गए पनि भारतले आफ्ना खेलाडी र खेल पदाधिकारीलाई भिसा (प्रवेशाज्ञा) दिन ढिलो गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई गुहारेको छ । 

आफ्ना खेलाडीलाई भिसा दिन विलम्ब गरेका कारण प्रतियोगिताको तयारीमा बाधा पुगेको पीसीबीले जनाएको छ । विश्वकपअघि पाकिस्तानले दुई वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानले अक्टोबर २९ तारिखमा भारतको हैदराबादमा न्युजिल्यान्डसँग पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ । 


पाकिस्तानी खेलाडीहरू दुबईमा भेला भएर हैदराबाद जाने योजनामा थिए । तर, भिसामा विलम्ब भएपछि अब पाकिस्तानी टोलीले आगामी बुधबार लाहोर हुँदै भारत जाने योजना बनाएको छ । पीसीबी स्रोतका अनुसार, पाकिस्तानी खेलाडीले एक साताअघि नै भिसाका लागि आवेदन दिएका थिए ।

आईसीसीले यसअघि नै विश्वकपमा सहभागी हुने १० वटै टोलीका खेलाडी र खेल पदाधिकारीको नाम भिसा प्रयोजनका लागि भारत सरकारलाई उपलब्ध गराइसकेको छ । पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतमा विश्वकप खेल्ने अनुमति पनि अन्तिम समयमा आएर दिएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएपछि पाकिस्तान सरकारले पनि आफ्नो टोलीले भारतमा विश्वकप नखेल्ने अडान लिएको थियो । सोही कारणले पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतमा विश्वकप खेल्ने अनुमति दिन विलम्ब गरेको थियो । 

विश्वकपको तयारीका लागि पाकिस्तानले आफ्नो दोस्रो अभ्यास खेल भने अक्टोबर ३ तारिखमा अस्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि पाकिस्तानी टोली विश्वकप यात्रामा सहभागी हुनेछ ।   

विश्वकपका लागि घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), सदाब खान, फाखर जामन, इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखार अहमद, सलमान अली अघा, मोहम्मद नवाज, उसमा मिर, ह्यारिस रउफ, हसन अली, साहिन शाह अफरिदी र मोहम्मद वसिम रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न