असोज ८, काठमाडौँ | साफ यू-१९ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले सोमबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशालामा दिउँसो साढे १ बजे सुरू हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा रहेको छ ।
पहिलो खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको हार ब्यहोरेको थियो भने मालदिभ्सले पाकिस्तानसँग बराबरी खेलेको थियो । यो खेलमा नेपाल बराबरी वा हारको नतिजाको अवस्थामा पहिलो चरणबाटै बाहिरिने छ । नेपालले सन् २०१५ मा यो प्रतियोगिता जितेको थियो ।