५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसियन गेम्स खेल्न सन्दीप निरुत्साहित, क्यान अध्यक्षले भेटेर दिए ढाडस

८ आश्विन २०८०, सोमबार ०८:२४

असोज ८, काठमाडौँ | अदालतले मुद्दाको किनारा लगाउन ढिलाइ गर्दा सन्दीप लामिछानेको क्रिकेट करिअर गम्भीर रूपमा प्रभावित बन्न थालेको छ । 

जिल्ला अदालतमा विचाराधीन मुद्दामा फैसला पेसी नै १७ पटक सरिसकेको छ । पछिल्लो दुईवटा पेसी ‘न्यायाधीश अभाव’ का कारण देखाउँदै स्थगित भए । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका छन् । मुद्दाको तनावले गर्दा सन्दीपको प्रदर्शनमै असर पर्न थालेको देखिन्छ । 


क्यान अध्यक्षले भेटेर दिए ढाडस, पारसले आज भेट्ने

नेपाली क्रिकेट टीम एसियन्स गेम्स खेल्न अस्ति चीनतर्फ प्रस्थान गर्‍यो । तर, सन्दीप नेपालमै छन् । नेपाली टीम चीन जाने भोलिपल्ट अर्थात् हिजो उनको पेसी थियो । तर, कुनै पनि न्यायाधीशले उनको मुद्दाको गोला नतानेको भन्दै सुनवाइ स्थगित भएको छ । मुद्दा स्थगत भएपछि क्यानले आज उनलाई चीन पठाउने तयारी गरेको थियो । टिकट पनि काटिएको थियो । तर, सन्दीप आज नजाने भएका छन् । हिजो उनले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग भेटेर आफू खेल्नसक्ने अवस्थामा नरहेको बताएका थिए ।

‘अहिलेकै मनस्थितिमा मैले मैदानमा राम्रो प्रदर्शन गर्न सक्दिनँ,’ सन्दीपले भने, ‘मेरो करिअर र निजी जीवन नै अस्तव्यस्त भएको छ ।’

स्रोतका अनुसार चन्दसँगको भेटवार्तामा सन्दीप निकै विक्षिप्त देखिन्थे । अध्यक्ष चन्दले उनलाई हौसला दिने प्रयास गरे । जसरी पनि चीन जान आग्रह गरे ।

‘तिमीसँग क्रिकेट खेल्न धेरै समय बाँकी छ । अहिले नै यसरी हिम्मत नहार,’ चन्दको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

सन्दीपले आज दिनभरि आफूले सोच्ने बताएका छन् ।

‘दिनभरिमा अलिकति फ्रेस फिल गरेमा भोलि जान्छु,’ उनले चन्दसँग भनेका छन् ।

चन्द भर्खरै भएको नेपाल क्रिकेट संघको अधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यस अधिवेशनबाट क्यानमा पूर्वकप्तान पारस खड्काको समेत इन्ट्री भएको छ । उनले सन्दीपको केसलाई थप सुझबुझका साथ ह्यान्डल गर्ने अपेक्षा क्रिकेट समर्थकले राखेका छन् ।

पारसले हिजो आफैं सन्दीपलाई फोन गरेका थिए । उनले पनि एसियन्स गेम्सका सहभागी हुन सन्दीपलाई आग्रह गरे । उनीहरूबीच आज भेटेर विस्तृत कुराकानी गर्ने सल्लाह भएको छ । सन्दीप चीन जाने सवालमा पारससँग उनको छलफल निर्णायक हुन सक्छ ।

पारिश्रमिक नपाउँदा थप पीडा

राष्ट्रिय क्रिकेट टीमबाट प्रतिनिधत्व गर्ने खेलाडीहरूलाई नेपाल क्रिकेट संघले तीन वटा क्याटेगोरीमा राखेर मासिक पारिश्रमिक दिने गर्छ । ए वर्गमा ५ जना, बीमा ३ र सी वर्गमा १० जना खेलाडी छन् । पहिलो वर्गकाले मासिक ६० हजार, दोस्रोले ५० हजार र तेस्रोले ४० हजार रूपैयाँ पाउँछन् ।

तर, सन्दीप भने तीनवटै वर्गमा छैनन् । त्यसैले लामो समयदेखि पारिश्रमिकविहीन छन् । उनी क्यानले खेलाडीहरूसँग गर्ने सेन्ट्रल कन्ट्राक्टमा नपरेकाले पारिश्रमिकबाट वञ्चित रहेका हुन् ।

सन्दीपमाथि फौजदारी मुद्दा परेर पक्राउ पूर्जी जारी भएपछि गत भदौ २३ गते क्यानले उनलाई टीमबाट निलम्बन गरेको थियो । असोज २० गते सन्दीप त्रिभुवन विमानस्थलबाट पक्राउ परे । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । जिल्ला अदालतको आदेश उल्टाउँदै पुनरावेदन अदालत पाटनले सन्दीपलाई रिहा गर्‍यो । सन्दीप पुस २९ गते थुनामुक्त भएका थिए ।

पोखरामा बसेको क्यानको कार्यसमिति वैठकले माघ १७ गते सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गर्‍यो । तर, त्यसकै भोलिपल्ट गरिएको खेलाडीको वर्गीकरणमा भने उनलाई समावेश गरिएन ।

अदालतमा विचाराधीन मुद्दा र त्यसले उत्पन्न परिस्थितिका कारण सन्दीप सेन्ट्रल कन्ट्राक्टमा नसमेटिएका हुन् । थुनामुक्त भए पनि उनलाई क्रिकेट खेल्न दिनु नहुने आवाज केही व्यक्ति र समूहले उठाएका थिए । महिलावादी अभियन्ताले सन्दीपविरुद्ध माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सन्दीपलाई टीममा नराख्न तीव्र दबाब दिएका थिए ।

तर, क्यानले बोल्ड डिसिजन लिँदै सन्दीपलाई टीममा कमब्याक गराएको थियो । तर, सन्दीपलाई टीममा राखे पनि उनलाई सेन्ट्रल कन्ट्र्याक्टमा भने समेटिएन । क्यानले गरेको वर्गीकरण जनवरीदेखि जूनसम्मका लागि थियो । ६ महिनामा यसको रिभ्यू हुने भनिएको थियो । जूनमा रिभ्यू गरेर सन्दीपलाई समेट्ने क्यानका अधिकारीले तयारी गरेका थिए । तर, त्यो हुन सकेन । अब सन्दीपले डिसेम्बरसम्मको प्रतिक्षा गर्नुपर्ने भएको छ ।

सन्दीपले विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूमा भाग लिएरै राम्रो आयआर्जन गरिरहेका थिए । उनले सबैजसो देशका टी-२० लिग खेलिसकेका छन् । तर, अदालतमा मुद्दा परेपछि उनको अन्तर्राष्ट्रिय करिअर पनि डामाडोल बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता