२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा, मालदिभ्स ४-१ गोलले पराजित

२०८०, ८ आश्विन सोमबार ०९:४५

असोज ८, काठमाडौँ | पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलमा २-० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल गर्दै पुनरागमनको प्रयाश गरेको थियो । त्यसअघि नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्समको गोलमा अग्रता लिएको थियो । समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए ।

८६ औँ मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो। निराजन धामीले उक्त गोल गरेका थिए। इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएपछि नेपाल दबाबमा आएको थियो । नेपालले फाइनल पुग्ने भारत वा भुटानमध्ये एकसँग खेल्ने छ । सोमबार साँझ भारत र भुटानबीच हुने खेलबाट नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै