क्रिकेटर सन्दीप लामिछाने आज चीन जाँदै

Posted on: 26 Sep, 2023

असोज ९, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने आज १९औँ एसियन गेम्सका लागि चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् ।

अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज १२ :३० बजे चीनतर्फ प्रस्थान गर्ने भएका हुन् ।

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग समूह चरणका खेल खेल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!