२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनोटमा यूएईसँग खेल्ने टोलीको घोषणा, अनन्त तामाङ बाहिरिए

२०८०, २४ कार्तिक शुक्रबार ११:३६

कार्तिक २४, काठमाडौँ | विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ यूएईसँगको खेलका लागि टिममा परेका छैनन् ।


घुँडाको चोटको कारण खेल्न नसक्ने भएकाले उनलाई टिममा नराखेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

नेपालले कात्तिक ३० गते यूएईसँग उसैको घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ ।

त्यसपछि नेपालले मंसिर ५ गते दशरथ रंगशालामा यमनसँग खेल्ने छ । नेपालको समूहमा बहराइन पनि छ ।

यूएईसँग छनोट खेल्ने नेपाली टोलीः

किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह