बैशाख ३, काठमाडौँ । सामान्य लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ ।
नेपालले हङकङविरुद्ध दुबै ओपनर कुशल र आसिफलाई गुमाएको हो।
कुशल भुर्तेल र आशिफ शेख दुबै आउट भएपछि अहिले रोहित पौडेल र सन्दीप जोरा क्रिजमा छन्।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङलाई नेपालले ११४ रनमा अलआउट गरेको थियो ।
यो समाचार लेख्दासम्म नेपालले ७ ओभरमा २ विकेटको क्षतिमा ७७ रन बनाएको छ ।