३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हङकङमाथि नेपालको फराकिलो जीत, नेपाल एक खेल अगावै सेमिफाइनलमा

३ बैशाख २०८१, सोमबार ०९:३८

बैशाख ३, काठमाडौं | नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २१ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको थियो । बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।

यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शिर्ष स्थानमा रहेको छ ।  हङकङविरुद्ध उत्कृष्ट  जितसंगै नेपाल एक खेल अगावै प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। नेपालले अब समुह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।

त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो । ३ खेलमा एक जित र २ हार बेहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार