३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

समूह ए मा नेपालसँगै सेमिफाइनलको दावेदार मानिएको हङकङ समूहचरणबाटै आउट हुने संघारमा

३ बैशाख २०८१, सोमबार ११:२२

बैशाख ३,  काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपको सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्दा हङकङले लगातार दोस्रो हारको सामना गर्यो ।

समूह ए मा नेपालसँगै हङकङ समिफाइनलको दावेदार मानिएको थियो । तर, लगातार दुई खराब प्रदर्शनले हङकङलाई समूह चरणबाटै आउट हुने डीलमा पुर्याएको छ । हिजो मात्र हङकङलाई कमजोर मानिएको साउदी अरबले स्तब्ध तुल्याएको थियो ।


समूह ‘ए’ मा तीन खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुई खेल खेलेको साउदी अरेबिया दुई अंकसहित दोस्रो स्थानमा आसिन छ । तीन खेल खेलेको मलेसिया भने दुई अंकसहित तेस्रो स्थानमा छ । यसैगरी तीन खेल खेलेको कतार दुई अंकसहित चौथो र तीन खेल खेलेको हङ्कङ दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेका छन् । अब साउदी अरेबियाले दुई खेल खेल्न बाँकी छ भने अन्य चारवटै टोलीले एक(एक खेलमात्र खेल्न बाँकी छ ।

प्रतियोगितामा मंगलबार कतार र साउदी अरेबियाबिच खेल हुनेछ । समूहगत चरणको अन्तिम दिन बुधबार नेपाल र साउदी अरेबिया तथा मलेसिया र हङ्कङबिच खेल हुनेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

आजको हारपछि हङकङका कप्तान निजाकत खानले निराशा व्यक्त गरेका छन् । नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा आफूहरुलाई पछारेको उनले स्वीकारोक्ति गरे । खानले अबका नतिजाहरु आफ्नो टिमको फेभरमा आउने आशा व्यक्त गरेका छन् ।

खानले भने, ‘साउदीविरुद्धको हार हामीलाई धेरै भारी परेको थियो । आजको खेलमा हामी जितको लक्ष्यका साथ उत्रिएका थियौं । तर, नेपालले हाम्रोभन्दा धेरै राम्रो खेल्यो । नेपालले सबै क्षेत्रमा हामीलाई पछार्यो । उनीहरुको फिल्डिङ पनि निकै खतरनाक थियो । म आफैं पनि रनआउट भएँ । त्यो एउटा टर्निङ प्वाइन्ट थियो । तर सबै क्रेडिट नेपाललाई दिन चाहन्छु । अझै पनि केही भन्न सकिन्नँ । हाम्रो एउटा खेल मलेसियाविरुद्ध बाँकी छ । त्यसमा राम्रो जित निकाल्न चाहन्छौं । कतारले हामीलाई फेभर गर्ला भन्ने आशा छ’, उनले भने ।

नेपालका कप्तान रोहित पौडेलले बलरहरुलाई जितको क्रेडिट दिए । नयाँ बलमा बलरहरुले राम्रो सुरुवात दिएपछि सहज भएको उनको भनाइ छ । ओपनिङ ब्याट्सम्यानहरुको पनि पौडेलले प्रशंसा गरे । आजको प्लेयर अफ द म्याचको पुरस्कार अविनाश बोहरालाई दिइएको छ । उनले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार