२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० आई वरीयता : आसिफको सुधार, दीपेन्द्र, सोमपाल र रोहितको खस्कियो

२६ असार २०८१, बुधबार ११:००

असार २६, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी–२० आई वरीयता ओपनर आसिफ शेखको सुधार भएको छ । टी–२० आई ब्याटिङ वरीयतामा आसिफले एक स्थान सुधार गर्दै ६९औं स्थानमा छन् । सोही स्थानमा अष्ट्रेलियाका म्याथ्यु वेड छन् । दुबै खेलाडीको अंक समान ४३१ छ ।

टी–२० आईको ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ६१ औं र दीपेन्द्रसिंह ऐरी ४६ औं स्थानमा यथावत छन् । भारतका ऋतुराज गायकवाडले एकै पटक १३ स्थान सुधार गर्दै सातौं स्थानमा छन् । अष्ट्रेलियाका ट्रविस हेड शीर्ष, भारतका सूर्यकुमार यादव दोस्रो र इंग्ल्यान्डका फिलिप साल्ट तेस्रो स्थानमा छन् ।

बलिङतर्फ टी–२० आई वरीयतामा दीपेन्द्रसिंह ऐरीले तीन स्थान गुमाएका छन् । दीपेन्द्र ३ स्थान तल झर्दै १००औं स्थानमा छन् । त्यस्तै सोमपाल कामी दुई स्थान तल झरेका छन् । सोमपाल ९४औं स्थानमा पुगेका छन् ।


टी–२० आई अलराउण्डरतर्फ वरीयतामा दीपेन्द्रसिंह ऐरी सातौं, कुशल मल्ल ३६औं, गुलशन झा ६९औं, कुशल भुर्तेल ७१औं र करण केसी७५ औं स्थानमा यथावत छन् । रोहित पौडेल एक स्थान तल झर्दै ५५ औं स्थानमा पुगेका छन् ।

उता ओडीआईमा नेपालको दुई स्थान खस्किएको छ । पछिल्लो पटक २ जुलाईमा भएको अपडेट अनुसार नेपाल १७औं स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १८औं, अमेरिका १९ औं र युएई २०औं स्थानमा छन् । नामिविया १६औं र क्यानडा दुई स्थान सुधारका साथ १५औं स्थानमा छ ।

टी-२० आई वरीयतामा अघिल्लो हप्ताको अपडेट अनुसार नेपाल १७औं स्थानमा यथावत्‌ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल