२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोपा अमेरिकाको फाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बियाबीच भिडन्त

२०८१, ३० असार आईतवार ०५:४६

असार ३०, काठमाडौँ । कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुदै छ ।

अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने कोलम्बियाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।


अहिलेसम्म १५ पटक कोपाको उपाधि जितेको अर्जेन्टिना योसहित ३०औ पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ । अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ । त्यस्तै अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन पनि हो । अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक २०२१ मा कोपा अमेरिका जितेको थियो भने अहिले लगातार दोस्रो पटक फाइनल खेल्दै छ ।

त्यस्तै कोलम्बिया भने २००१ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ । कोलम्वियाले २००१ मा मात्र एक पटक कोपाको उपाधि जितेको छ । त्यसअघि १९७५ मा फाइनलमा पुगेर पराजित भएको थियो । कोलम्बिया यो सहित तेस्रो पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ ।

अहिलेसम्म अर्जेन्टिना र कोलम्वियाबीच कुल ४२ खेल भएका छन् । जसमा अर्जेन्टिनाले २५ खेल जितेको छ भने कोलम्बियाले ९ खेल जितेको छ । त्यस्तै ८ खेल बराबरी भएका छन् । यी दुवै वीच पछिल्लो खेल २०२२ को फिफा विश्वकपमा भएको थियो, जसमा अर्जेन्टिना १-० ले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट