असार ३०, काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी-१० लिग खेल्ने भएका छन् ।
आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी(१० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आवद्ध भएका हुन् ।
प्रतियोगितामा रोहितले मियामी लाइन्स र दीपैन्दैले ग्रान्ड केम्यान स्टिन्ग्रेजबाट खेल्नेछन् । रोहितको टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीको रुपमा आबद्ध छन्।
सोही टोलीमा शोहेब मलिक ए १ र च्याडविक वाल्टन ए २ मा क्याटेगोरीमा आबद्ध छन् । रोहित बी १ क्याटेगोरीमा आबद्ध भएका छन् । उक्त लिग अगस्ट १८ देखि २५ सम्म हुनेछ ।
दीपेन्द्र भएको स्टिन्ग्रेजमा एलेक्स हाइस आइकन खेलाडीका रुपमा जोडिएका छन् । सोही टोलीमा रोबिन उथप्पा ए१ र रस व्हाइटली ए२ खेलाडीको रुपमा जोडिएका छन्। दीपेन्द्र भने बी १ खेलाडीको रुपमा टोलीमा आबद्ध भएका छन्।