२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कीर्तिमानी पाकिस्तानी क्रिकेटर बिली इबादुल्लाको निधन

३० असार २०८१, आईतवार १२:२५

असार ३०, काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीको पूर्वखेलाडी बिली इबादुल्लाको निधन भएको छ । ८८ वर्षको उमेरमा उनको निधन भएको समाचारमा जनाइएको छ । बिली इबादुल्लाको शुक्रबार निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

बिली इबादुल्ला आफ्नो समयका प्रभावशाली अलराउन्डर थिए । उनले सन् १९६४ देखि सन् १९६७ सम्म पाकिस्तानका लागि चारवटा टेस्ट खेलेका थिए । उनले टेस्ट क्रिकेटको आफ्नो पहिलो खेलमै शतक प्रहार गर्ने पहिलो पाकिस्तानी खेलाडी हुन् ।


उनले सन् १९६४ मा कराँचीमा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेलको पहिलो पालीमा उनले एक सय ६६ रन बनाएका थिए । त्यसअघि कुनै पनि पाकिस्तानी ब्याट्सम्यानले आफ्नो ‘डेब्यू’ टेस्टमा शतक प्रहार गर्न सकेको थिएन ।

त्यो खेलमा उनले आफ्नो समयका अर्का प्रभावशाली खेलाडी अब्दुल कादिरसँग ओपनिङ विकेटका लागि दुई सय ४९ रनको साझेदारी गरेका थिए । अब्दुल कादिरको पनि त्यो ‘डेब्यू’ टेस्ट थियो । टेस्ट क्रिकेटको इतिहासमा ‘डेब्यू’ गर्ने दुई खेलाडीले गरेको हालसम्मकै यो सबैभन्दा ठुलो साझेदारी हो ।

हालसम्म टेस्ट क्रिकेटमा ‘डेब्यू’ गर्ने दुई खेलाडीले कुनै पनि विकेटका लागि योभन्दा ठुलो साझेदारी गर्न सकेका छैनन् । उनले टेस्ट क्रिकेटमा एक विकेट पनि लिएका थिए । प्रथम श्रेणीको क्रिकेटमा भने उनले चार सय १७ खेल खेल्दै कुल १७ हजार ७८ रन बनाएका थिए ।‘बिली इबादुल्ला विशेष क्रिकेटर हुन् । थोरै खेल खेलेर पनि उनले आफूलाई कीर्तिमानी खेलाडीको सूचिमा दर्ता गराएका छन् । उनको निधनले विश्व क्रिकेटलाई नै अपुरणीय क्षति पु¥याएको छ,’ वार्विकसियरका अध्यक्ष डेनिस एमिसले भनेका छन् ।

बिली इबादुल्ला र डेनिस एमिसले वार्विकसियरबाट सँगै क्रिकेट खेलेका थिए । ‘उनी निकै चकचके खेलाडी पनि थिए । उनको रमाइलो स्वभावका कारण पनि उनी धेरैको स्मरण सधैं जिवित रहने छन्,’ डेनिस एमिसले भनेका छन् ।बिली इबादुल्ला पछि पाकिस्तानबाट न्युजिल्यान्ड बसाइ सरेका थिए । उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि पहिलो श्रेणीको टी–२० क्रिकेटमा अम्पायरको भूमिका पनि निर्वाह गरेका थिए । उनले न्युजिल्यान्डमा क्रिकेटको प्रशिक्षण केन्द्र पनि सञ्चालन गरेका थिए ।

उनका छोरा कासिम इबादुल्ला पनि क्रिकेट खेलाडी हुन् । कासिमले ३१ वटा प्रमथ श्रेणीको क्रिकेट खेलिसकेका छन् । उनले १९ वटा ‘लिस्ट ए’ क्रिकेट पनि खेलेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ